२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

जीर्ण झोलुङ्गे पुल मर्मत गर्न २० लाख

कर्णाली र तिला नदीको दोभानमा रहेको झोलुङ्गे पुल। तस्बिरः ललित/कालिकोट

अविरल वर्षासँगै आएको भेलले जितेगडा बजारसहित झोलुङ्गे पुल क्षतिग्रस्त भयो। खाँडाचक्र नगरपालिका र नरहरीनाथ गाउँपालिका जोड्ने कर्णाली र तिला नदीको दोभानमा रहेको क्षतिग्रस्त उक्त पुलमा चढ्न भर्‍याङ राखिएको तस्बिर गत वर्ष सामाजिक सञ्जालमा भाइरल हुन पुग्यो।

स्थानीय नागरिक र यातायात व्यवसायीको सहभागितामा पुल मर्मत गरी काठको भर्‍याङ लगाएर आवतजावत गर्न सुरु गरियो। यस वर्ष आएको बाढीले उक्त पुललाई थप क्षति पुर्‍याएपछि स्थानीयलाई सकस थपियो। फेरि पनि त्यो पुलको तस्बिर भाइरल हुन पुग्यो।

अहिले कर्णाली प्रदेश सरकारले पुल मर्मतका लागि आर्थिक वर्ष २०७९/०८० को २० लाख बजेट विनियोजन गरेको पूर्वाधार विकास निर्देशनालयका निमित्त निर्देशक रामशरण आचार्यले जानकारी दिए।

अविरल वर्षासँगै आएको भेलले जितेगडा बजारसहित झोलुङ्गे पुल क्षतिग्रस्त भयो। खाँडाचक्र नगरपालिका र नरहरीनाथ गाउँपालिका जोड्ने कर्णाली र तिला नदीको दोभानमा रहेको क्षतिग्रस्त उक्त पुलमा चढ्न भर्‍याङ राखिएको तस्बिर गत वर्ष सामाजिक सञ्जालमा भाइरल हुन पुग्यो।

उनले भने, ‘एक पटक मर्मतका लागि टेण्डर आह्वान गरेका थियौं कसैले पनि टेन्डर हालेनन्। त्यसपछि फेरि सप्लायर्सलाई बोलाएर जिम्मा दिने कुरा भएको छ, २/३ दिनमा सम्झौता हुन्छ होला।’

गत असोजमा भएको अविरल वर्षाले झोलुंगे पुलमा क्षति भएको थियो। उक्त पुल रास्कोट नगरपालिका, नरहरिनाथ, सान्नीत्रिवेणी, पाचाल झरना र पलाँता गाउँपालिकामा जाने पैदल यात्रु र मोटरसाइकल यात्राका लागि छोटो र छरितो पुल थियो।

त्यति मात्रै नभएर कर्णाली राजमार्गको जितेगडामा रहेको (छहरा) नजिकै कालिकोट हुँदै सुर्खेत आउने यात्रुलाई हिँड्न सहज हुने गर्थ्याे। हाल पुलमा क्षति पुगेदेखि समस्या हुने गरेको स्थानीयले बताउने गरेका छन्।

त्यहाँका स्थानीयले नदी तर्न पुलको बीचमा काठको भर्‍याङ लगाएका छन् । भर्‍याङ लगाएको ८ महिना पुगिसकेको छ। स्थानीयले दुई लाख रूपैयाँ खर्च गरेर नदीको बीच भागको भँगालोमा कर्णाली तर्न पुलको बीचमा काठको भर्‍याङ बनाएका थिए।

यस वर्ष पनि निरन्तर वर्षा भएपछि पानीको बहाव बढ्दै जाँदा स्थानीय त्रसित भएका छन्। अहिले पुलमा चढ्न बनाइको काठको भर्‍याङ नजिकैबाट पानी बग्न थालेको छ।

भर्‍याङ नजिकबाट ठूलो भँगालो बग्न थालेकाले पुलको लट्ठामा टेकेर जोखिमपूर्ण यात्रा गर्न यात्रुहरू बाध्य भएका छन्। पुल मर्मत भयो भने त्यहाँका स्थानीयलाई सहज हुने खाडाचक्र नगरपालिका-२ का दिपराज विष्टको भनाइ छ।

त्यति मात्रै नभएर कर्णाली राजमार्गको जितेगडामा रहेको (छहरा) नजिकै कालिकोट हुँदै सुर्खेत आउने यात्रुलाई हिँड्न सहज हुने गर्थ्याे। हाल पुलमा क्षति पुगेदेखि समस्या हुने गरेको स्थानीयले बताउने गरेका छन्।

विष्टका अनुसार तिलानदीको शिव मन्दिरनजिक लालीघाटमा झोलुंगे पुल भए पनि बाटो भिरालो र पाखाबाट ढुंगा खस्ने समस्या भएकाले उक्त पुलबाट खासै यात्रा नगर्ने गरेको बताए।

गत वर्ष कालिकोटमा भएको बेमौसमी वर्षाले घर, सडक, पुल, विद्यालय, खानेपानी, सिँचाइ लगायत संरचनामा ठूलो क्षति पुर्‍याएको थियो।

प्रकाशित: २७ असार २०८० ०२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App