२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपाली आकाशमा सय हवाई दुर्घटना

सोलुखुम्बुको लिखुपिके हेलिकोप्टर दुर्घटनामा ६ को मृत्यु

सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं. ५ स्थित लाम्जुरापास क्षेत्रमा मंगलबार बिहान दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टर। तस्बिर सौजन्यः नेपाल नागरिक उड्डयन प्राधिकरण

नेपाली आकाशमा एक सय बढी हवाई दुर्घटना भएका छन्। मंगलबार सोलुखुम्बुमा भएको हेलिकोप्टरसँगै दुर्घटनाको संख्या १ सय ५ पुगेको छ।

सोलुखुम्बुको लिखुपिके लामजुरामा मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा चालक दलसहित ६ जनाको मृत्यु भएको छ। मनाङ एयरको ९ एन–एएमभी कलसाइनको हेलिकोप्टर सोलुखुम्बको सुर्केबाट काठमाडौं आउँदै गर्दा दुर्घटनामा परेको हो।

दुर्घटनामा मृत्यु हुनेमा हेलिकोप्टर क्याप्टेन चेतबहादुर गुरुङ, विदेशी पर्यटक मेक्सिकन नागरिक रिनकन इस्माइल, फर्नान्डो सिफुग्नेट्स, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस रहेको प्राधिकरणले जनाएको छ।

नेपाली आकाशमा एक सय बढी हवाई दुर्घटना भएका छन्। मंगलबार सोलुखुम्बुमा भएको हेलिकोप्टरसँगै दुर्घटनाको संख्या १ सय ५ पुगेको छ।

मृत्यु हुने मेक्सिकन यात्रुहरूमा सिफुएन्टेस जी फर्नाडो, रिंकोन इस्माइन, सिफुएन्टेस जी मारिया होजे, गोन्जालेज ओलासियो लुज र गोन्जालेस एब्रिक रहेका छन्। बेनी प्रहरी चौकी र किञ्जा प्रहरी चौकीबाट गएको प्रहरीको टोलीले उद्दार गरेको थियो। दुर्घटनाग्रस्त क्षेत्रमा उद्दारमा गएकाहरूलाई सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ।

दुर्घटनाको कारण भने खुलेको छैन। मानवीय त्रुटि, प्राविधिक खराबी वा मौसम प्रतिकुलतामध्ये कुनै एक कारणबाट दुर्घटना भएको हुन सक्ने क्यानका प्रवक्ता जगन्नाथ निरौलाले बताए।

दुर्घटना भएको पहाडको उचाइ ९ हजार ५ सय फिट र हेलिकोप्टर १२ हजार २ सय फिटमा उडेकाले मौसमको कारण मात्र भन्न सकिने अवस्था नरहेको उनले बताए। ‘मौसमको कारण भनौं भने पहाडभन्दा माथि उडेको हेलिकप्टर तल आएको छ,’ निरौलाले भने, ‘छानबिनपछि दुर्घटनाको कारण खुल्ला।’

दुर्घटनाको कारण भने खुलेको छैन। मानवीय त्रुटि, प्राविधिक खराबी वा मौसम प्रतिकुलतामध्ये कुनै एक कारणबाट दुर्घटना भएको हुन सक्ने क्यानका प्रवक्ता जगन्नाथ निरौलाले बताए।

सोमबार लुक्ला गएको पर्यटकको टोली प्रतिकुल मौसमको कारण सोमबार उतै बसेको थियो। मंगलबार बिहान माउण्टेन फ्लाइट गरेर काठमाडौं फर्किने क्रममा दुर्घटना भएको हो। प्राधिकरणका अनुसार लुक्लाबाट उडान गरेको ११ मिनेटमै हेलिकोप्टर दुर्घटनामा परेको हो।

सोलुखुम्बुको लुक्ला विमानस्थलको टावरसँग सोमबार बिहान १०ः१३ सम्म हेलिकोप्टर सम्पर्कमा थियो। लुक्लाको टाबरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टावरमा ह्‍याण्डओभर भएपछि हेलिकोप्टर सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ। दुर्घटना भएको स्थान सुर्केबाट करिब ७ मिनेटको दूरीमा पर्छ।

यो हेलिकोप्‍टर १० वर्ष अगाडि नेपाल ल्याइएको थियो। दुर्घटना भएपछि सरकारले हेलिकोप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ।

मंगलबार अपराह्न बसेको मन्त्रीपरिषद् बैठकले दुर्घटनाबारे दःख व्यक्त गर्दै पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

सोमबार लुक्ला गएको पर्यटकको टोली प्रतिकुल मौसमको कारण सोमबार उतै बसेको थियो। मंगलबार बिहान माउण्टेन फ्लाइट गरेर काठमाडौं फर्किने क्रममा दुर्घटना भएको हो।

हेलिकोप्टर अनुभवी क्याप्टेन चेतबहादुर गुरुङले उडाएका थिए। ५५ वर्षीय पाइलट करिब एक दशकदेखि मनाङ एयरको हेलिकोप्टर उडाउँदै आएका थिए। करिब ७ हजार घण्टा हवाई उडानको अनुभव सँगालेका गुरुङले यसअघि गोरखा एयर, श्री एयरसहितका कम्पनीको हेलिकोप्टर उडाएका थिए।

गुरुङ ४ वर्षअघि लुक्लामा भएको ठूलो दुर्घटनामा बँचेका थिए। वि.स. २०७६ वैशाख १ गते लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा समिट एयरको विमानले श्री एयर र मनाङ एयरको हेलिकप्टरलाई ठक्कर दिएको थियो।

हेलिकोप्टर अनुभवी क्याप्टेन चेतबहादुर गुरुङले उडाएका थिए। ५५ वर्षीय पाइलट करिब एक दशकदेखि मनाङ एयरको हेलिकोप्टर उडाउँदै आएका थिए।

उक्त दुर्घटना हुँदा गुरुङले मनाङ एयरको हेलिकप्टर उडाएका थिए। गुरुङ हेलिकप्टरबाट निस्केको केही सेकेन्डपछि समिट एयरको विमानले हेलिकप्टरलाई ठक्कर दिएको थियो। दुर्घटनामा समिट एयरका कोपाइलट सुजित लामा ढुंगाना र लुक्ला विमानस्थलमा कार्यरत् प्रहरी सहायक निरीक्षकद्वय रामबहादुर तामाङ र रुद्रनाथ श्रेष्ठको मृत्यु भएको भए पनि गुरुङ बाँचेका थिए। दुर्घटना हुँदा श्री एयर र मनाङ एयरको हेलिकोप्टर क्षतिग्रस्त भएका थिए। ४ वर्षपछि सोही ठाउँबाट काठमाडौं आउँदा गुरुङको ज्यान गएको छ।

सय हवाई दुर्घटना

यसअघि पोखरामा यति एयरको जहाज दुर्घटना भएको थियो। सन् १९४९ (विक्रम संवत् २००५) मा नेपाली भूमिमा पहिलो पटक हवाईजहाज अवतरण भएको थियो। नेपाली आकाशमा पहिलो दुर्घटना सन् १९५५ मार्च ३ मा भएको थियो।

कालिंगा एयरको विमान बाराको सिमरामा दुर्घटना हुँदा २ जनाको मृत्यु र एकजना घाइते भएको तथ्यांक छ। प्राधिकरणको तथ्यांकअनुसार नेपाली आकाशमा हालसम्म ५८ भन्दा बढी नेपाली जहाज दुर्घटनामा परेका छन्।

नेपाली आकाशमा भएका विदेशी एअरलाइन्सका जहाज दुर्घटनामा सबैभन्दा धेरै मानवीय क्षति भएको छ। १९९२ सेप्टेम्बर २८ मा ललितपुरको भट्टेडाँडामा पाकिस्तान एयरलाइन्सको जहाज दुर्घटना हुँदा एकसय ६७ जनाको मृत्यु भएको थियो।

प्रकाशित: २७ असार २०८० ०२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App