२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सानिमा बैंकद्वारा बिमा रकम हस्तान्तरण

सानिमा बैंकले सानिमा दीर्घायु बचत योजनाअन्तर्गत ३ लाखको घातक रोगको बिमा दाबी रकम भुक्तानी गरेको छ। यस बैंकका खातावाला राममाया अधिकारीलाई सानिमा दीर्घायु बचत योजनाअन्तर्गत ३ लाखको घातक बिमा रकम भुक्तानी गरिएको छ।  

सानिमा बैंकका बालाजु कार्यालयका प्रबन्धक रामहरि अधिकारीले बिमाप्रदायक कम्पनी मेटलाइफको संयोजनमा बिमा रकमको चेक हस्तान्तरण गरेका हुन्। राममाया अधिकारीले सानिमा बैंकको धादिङबेसी शाखामा उक्त योजना अन्तर्गत बचत खाता खोलेकी थिइन्। सानिमा बैंकले दीर्घायु बचत योजनाअन्तर्गत १० लाखको दुर्घटना बिमा, रु. ३ लाखसम्मको १३ घातक रोगको उपचार बिमा, रु. १० हजारसम्मको ओपिडी भुक्तानी शुल्कसहितको रु. ५० हजारसम्मको औषधीउपचार बिमा, रु. ५० हजारको आवधिक जीवन बिमा र रु.५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: १२ असार २०८० ०३:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App