२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

पशुपतिको जलहरी जोख्ने काम सकियो, अन्तिम हिसाब-किताब हुँदै

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको विशेष टोलीले पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको सुनको जलहरी जोख्ने काम सकेको छ। आइतबार साँझ ६ बजेदेखि सुरु भएको जोख्ने काम सोमबार बिहान २ बजे सकिएको अख्तियार स्रोतले बताएको छ।  

'जलहारीको जोख्ने काम सकियो। टुक्रा टुक्रामा जोखिएको जलहारीको पूर्ण तौल निकाल्न अन्तिम नापजाँच हुँदै छ', अख्तियार स्रोतले भन्यो।  

प्रारम्भिक नाँप जाँचमा जलहरीको तौलमा केही कमी देखिएको स्रोतले बताए पनि कति कमी छ त्यसको पुष्टि हुन सकेको छैन।  'अब अन्तिम हिसाबकिताबपछिमात्र अरु थप जानकारी बाहिर आउँछ।', स्रोतले भन्यो।

अब उक्त जलहरीलाई पुनः मर्मत पशुपतिमा चढाइने छ। सुनको जलहरीमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले नापजाँच गरेको हो। महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनमा जलहरीमा अनियमितता भएको उल्लेख छ। यो विषय अख्तियारमा पुगेपछि उसले छानबिन थालेको हो। ‘पशुपति शिवलिंगको गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि यो वर्ष नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजार रूपैयाँमा खरिद गरिएको छ। विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२.७५ ग्रामसमेत प्रयोग गरी १०७ किलो ९२४.७५ ग्राम सुन कायम भएको उल्लेख छ,’ प्रतिवेदनमा लेखिएको छ।

प्रकाशित: ११ असार २०८० ०६:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App