२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कुमारी बैकद्वारा चुमनुब्री गाउँपालिकामा सहयोग

कुमारी बैंकले आफ्ना ग्राहकको सेवासुविधालाई मध्यनजर गर्दै सडकको पहुँच नपुगेको स्थानमा भौतिक रूपमा सहयोग पु‍र्‍याउने अभिप्रायले चुमनुब्री गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर सामाजिक सुरक्षा भत्ता पु‍र्‍याएको छ।

गोरखाको चुमनुब्री क्षेत्रमा हालसम्म सडकको राम्रो पहुँच नपुगेको कारणले सामाजिक सुरक्षा भत्ता लिन वृद्ध तथा अन्य सबैले दुईदेखि तीनदिनको बाटो हिँड्नुपर्ने अवस्थामा बैंकले हेलिकप्टर चार्टर गरी भत्ता पुर्‍याएको हो।

कष्टपूर्ण अवस्थालाई मध्यनजर गर्दै बैंकले काठमाडौंदेखि चुमनुब्रीसम्म हेलिकप्टर चार्टर गरी सामाजिक सुरक्षा भत्ता पु‍र्‍याएको जनाएको छ। यसै क्रममा बैंकले चुमनुब्री गाउँपालिकामा आफ्ना ग्राहकहरूका लागि चौर्तफी रूपमा सेवासुविधा पु‍र्‍याउने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रकाशित: ७ असार २०८० ०३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App