१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

क्रसर उद्योगीद्वारा सरकारलाई १२ दिने अल्टिमेटम

क्रसर, खानी तथा वालुवा उद्योगीहरूले आफ्ना उद्योग नवीकरण गर्न सरकारलाई १२ दिने म्याद दिएका छन्। नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर असार १५ गतेभित्र उद्योग नवीकरण नगरे क्रसर तथा खानी उद्योग ठप्प पार्ने चेतावनी दिएका छन्।

उद्योगीहरूले २०८० असार १५ गतेभित्र नवीकरण गर्न मातहतका निकायलाई लिखित निर्देशन नभए असार १६ गतेदेखि देशभरका क्रसर, खानी तथा वालुवा उद्योगको उत्पादन तथा बिक्री वितरण कार्य ठप्प पार्ने चेतावनी दिएका हुन्।

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सीताराम न्यौपानेले विगत १० वर्षदेखि नेपाल सरकारबाट जारी भएका अव्यवहारिक निर्णयहरूको कारण निरन्तर उद्योगहरूको नवीकरण सम्बन्धी समस्या झेल्दै आएको भन्दै समस्या समाधान गर्न सरकार गम्भीर नभएको बताए।

क्रसर, खानी तथा वालुवा उद्योगीहरूले आफ्ना उद्योग नवीकरण गर्न सरकारलाई १५ दिने म्याद दिएका छन्।

उनले भने ‘सरकारले हाम्रो कुरालाई सम्बोधन गरेको खण्डमा हामी सरकारसँग छलफल गर्छौं। हामी सरकारले अभिभावकको भूमिका निर्वाह गर्ने छ भन्ने विश्वास गरेका छौं। उहाँले निजीक्षेत्रका व्यवसायीहरूलाई परेको मर्का सम्बोधन गर्नुपर्छ भन्दा सरकारले गरेको खण्डमा हामी सरकारसँग छलफल गर्न तयार छौं।’

उनले आफूहरू दोहोरो कानूनको मारमा परेको जिकिरसमेत गरे। उनले भने ‘कच्चा पदार्थ र उद्योगको कानून २ वटा छ। स्थानीय सरकारको कानून अनुसार ढुङगा, बालुवा, गिट्टी परिचालन हुने गर्छ। उद्योग मन्त्रालयको औद्योगिक नियम अनुसार हाम्रा उद्योगहरू सञ्चालन हुन्छन्। त्यो उत्खननको विषय पनि हामी क्रसरमाथि जोडेर हामीलाई बद्नाम गर्ने काम गरिएको छ।’

प्रकाशित: ४ असार २०८० ०२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App