१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

घोराही सिमेन्टको आइपीओ खुला

घोराही सिमेन्ट इन्डस्ट्रीले आज बिहीबारदेखि सर्वसाधारणको लागी सेयर  (आइपीओ) को बिक्री खुला गरेको छ।

इन्डस्ट्रीले प्रतिकित्ता ४३५ रुपैयाँ कायम गरिएको ६९ लाख ११ हजार ६७० कित्ता सेयर सर्वसाधारणको लागी खुला गरेको हो।  सर्वसाधारणले असार ४ गतेसम्म सेयर भरिसक्नु पर्ने म्याद राखेको छ।

तर यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा असार १४ गतेसम्म यसको सेयर खरिद गर्न सकिनेछ। सेयर खरिदका लागी  न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।

यसको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेका छन्।

इन्डस्ट्रीले यसअघी वैशाख १९ देखि जेठ २ गतेसम्म आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि सेयर बिक्री खुला गरिसकेको छ।  

प्रकाशित: ३२ जेष्ठ २०८० ०६:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App