८ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

सनराइज बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

सामाजिक उत्तरदायित्व अन्तर्गत सन्राइज बैंकको योगीकुटी शाखाले तिलोत्तमा आँखा अस्पताल बुटवलसँगको समन्वयमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ।

निःशुल्क आँखा शिविर कार्यक्रम श्री जनता माध्यामिक विद्यालय शुद्धोधन गाउँपालिका ७ रूपन्देहीमा सञ्चालन गरिएको थियो। सञ्चालन भएको उक्त शिविरमा विद्यार्थी, शिक्षक तथा अभिभावक गरी २ सय ५० जनाले ओपिडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श, सल्लाह र अन्य जाँच सेवा लिएका थिए।

त्यसैगरी बैंकको दुहबी शाखाद्वारा विराट मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरसँगको सहकार्यमा छिटाहा माध्यमिक विद्यालयमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो। उक्त कार्यक्रममा निःशुल्क आँखा जाँच, दाँत जाँच, सामान्य स्वास्थ्य जाँच, क्यान्सर सचेतना कार्यक्रम तथा रक्तदान जस्ता स्वास्थ्य सुविधा प्रदान गरिएको थियो ।

प्रकाशित: ३२ जेष्ठ २०८० ०३:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App