१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

नेपाल विज्ञापन संघ ३४ वर्षमा प्रवेश

नेपाल विज्ञापन संघ ३४ वर्षमा प्रवेश गरेको छ। मंगलबार संघको ३३ औं वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्राम गरिएको हो। संघको वार्षिकोत्सवको रक्तदान कार्यक्रममा झण्डै ५० जनाको सहभागिता रहेको थियो।

२०४७ जेठ ३० गतेको स्थापना भएदेखि नै नेपाल विज्ञापन संघले विज्ञापन व्यवसायीको हकहितलाई केन्द्रमा राखेर काम गर्दै आएको संघका अध्यक्ष सोम धितालले बताए। यसबीचमा संघले धेरै उतारचढाव व्यहोर्नुपरेको पनि उनले बताए।

अहिले विज्ञापन उद्योग छापा, रेडियो, टेलिभिजनमा मात्र सीमित नभई अनलाइन, पोर्टल, डिजिटल माध्यमसम्म रहेको पनि उनले बताए। सामाजिक सञ्जालमार्फत पनि विज्ञापन व्यवसाय जोडिन पुगेको उनको भनाइ छ। ‘विज्ञापनको दायरा धेरै फराकिलो भएको छ। यसले धेरै व्यवसायीहरूलाई आत्मनिर्भर र सफल व्यवसायी बनाएको छ। यसअतिरिक्त विज्ञापनले सञ्चारमाध्यमलाई चलायमान बनाएको छ’, अध्यक्ष धितालले भने।

विज्ञापन बजार खुम्चिदै गएको र सञ्चार माध्यम बढ्दो क्रममा रहेकाले अहिले असन्तुलनको अवस्था रहेको उनले बताए। यसले गर्दा सञ्चार माध्यममलाई थेग्न सक्ने विज्ञापन नभएको उनको भनाइ छ।

सरकारले आवश्यक नीतिनिर्माण गरेर यसलाई सही तरिकाले अघि बढाए विज्ञापन व्यवसाय फस्टाउने र त्यसका कारण सञ्चार माध्यमको पनि विकास हुने उनको बुझाइ छ। सरकार, विज्ञापनदाता, सञ्चार माध्यम र उपभोक्ता सबै विज्ञापनको चक्र भएकाले सबै पक्षलाई सँगै लिएर अगाडि बढ्ने क्रममा विज्ञापन संघ रहेको पनि धितालले बताए।

प्रकाशित: ३१ जेष्ठ २०८० ०२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App