२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

साओमीले ल्यायो एक्सचेन्ज अफर

ग्लोबल टेक्नोलोजी लिडर साओमीले एक्सचेन्ज अफर सार्वजनिक गरेको छ।

अफर अनुसार ग्राहकले हाल चलाइरहेको कुनै पनि ब्रान्डको स्मार्टफोनसँग नयाँ साओमी, रेडमी वा पोको फोन साटेर अपग्रेड गर्न सक्नेछन्। साथै ग्राहकले रेडमी १२५ जिएट खरिद गर्न चाहे थप हजार रूपैयाँ छुट पनि पाउने कम्पनीले जनाएको छ।

यस पहलका साथ साओमीले ग्राहकलाई आफ्नो इकोसिस्टममा सामेल हुन सहज र किफायती तरिका प्रदान गर्दै अत्याधुनिक प्रविधिलाई विशाल दर्शकहरू माझ पहुँचयोग्य बनाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ। यस योजनाले ग्राहकलाई आफ्नो पुरानो स्मार्टफोनहरू साट्न सुनौलो अवसर प्रदान गर्दै साओमीले इलेक्ट्रोनिक प्रदूषण घटाउने र दिगोपन प्रवद्र्धन गर्ने प्रतिबद्धता दर्शाउने बताएको छ।

प्रकाशित: २८ जेष्ठ २०८० ०२:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App