२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मुक्तिनाथ फाउन्डेसनद्वारा वृक्षारोपण

टोखा नगरपालिका र मुक्तिनाथ फाउन्डेसनको संयुक्त आयोजनामा वृक्षारोपण कार्य सम्पन्न भएको छ। विश्व वातावरण दिवसको अवसरमा टोखा नगरपालिका १ मा निर्माणाधीन शान्तिपार्कमा एभोकाडो फलफूलको विरुवा वृक्षारोपण गरिएको हो।  

हरेक वर्ष जुन ५ को दिन मनाइने विश्ववातावरण दिवसमा यस वर्षको नारा ‘बिट द प्लाष्टिक पोलुसन’रहेको छ। वृक्षारोपण कार्यक्रम मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ कृषि कम्पनी, मुक्तिनाथ क्यापिटल र रोयल बहुउद्देश्यीय सहकारी संस्थाको सहयोगमा सञ्चालन भएको थियो।

मुक्तिनाथ फाउण्डेसनका अध्यक्ष भरतराज ढकालले, वातावरण संरक्षण र प्रवद्र्धन सम्बन्धी अभियानमा आगामी ५ वर्षमा फाउण्डेसनको अगुवाइ र मुक्तिनाथ समूहसहित विभिन्न सरकारी र गैरसरकारी निकायको सहकार्यमा कम्तीमा १० लाखभन्दा बढी फलफूल तथा काष्ठजन्य विरुवा रोप्ने लक्ष्य राखिएको बताए।

प्रकाशित: २३ जेष्ठ २०८० ०२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App