१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

ऊर्जाक्षेत्र दीर्घकलीन सम्झौताको स्वागत

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका दौरान ऊर्जाक्षेत्रमा भएका दीर्घकालीन महत्वका सम्झौताहरूको स्वागत गरेको छ। इप्पानले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर दुईदेशबीच ऊर्जाक्षेत्रमा दीर्घकालीन अर्थ राख्ने गरी भएको समझदारीलाई स्वागत गरेको हो।  

इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले प्रधानमन्त्रीको भारत भ्रमणपछि ऊर्जा क्षेत्रमा सकारात्मक सञ्चार भएर लगानीको वातावरण बनेको बताए। ‘प्रधानमन्त्रीको भारतभ्रमणपछि ऊर्जा क्षेत्रमा सकारात्मक सञ्चारको प्रवाह भएको छ,’ उनले भने ‘विगत केही वर्षदेखि रोकिएर रहेका करिब १० हजार ५ सय मेवा क्षमता भन्दा बढीका आयोजनाको विद्युत् खरिद बिक्री तत्काल खुलाउन अनुरोध गर्दछौं।’  

इप्पानले भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीबाट नेपाल–भारत विद्युत् व्यपारको लागि महत्वपूर्ण बुटवल–गोरखपुर ४०० केभी प्रसारणलाइनको शिलान्यास, फुकोट–कर्णाली ४८० मेवा जलविद्युत् परियोजना विकास सम्बन्धी समझदारी पत्र, तल्लोअरूण ६६९ मेवा को जलविद्युत् परियोजना विकास सम्झौता भएको थियो। इप्पानले सो भ्रमणको क्रममा नेपालभित्र विद्युत् प्रसारण लाइन निर्माणको लागि एक्जिम बैंक भारतबाट सहुलियतपूर्ण रूपमा प्राप्त कर्जाको उपयोग, नेपालमा निर्माणाधीन जलविद्युत् सडक जस्ता ठूलापूर्वाधार आयोजनामा आवश्यक विष्फोटक पदार्थको सहज र सरल आपूर्ति पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवदन (डिपिआर) लाई ३ महिनाभित्र अन्तिमरूप दिने र वित्तीय प्रबन्धसहित दुवै सरकारले डिपिआर स्वीकृत गरेपछि एकवर्ष भित्र कार्यान्वयन गरिने जस्ता ऊर्जा क्षेत्रका महत्वपूर्ण सम्झौता भएको जनाएको छ।

दुवै देशका प्रधानमन्त्रीबाट नेपाल–भारत विद्युत् व्यपारको लागि महत्वपूर्ण बुटवल–गोरखपुर ४०० केभी प्रसारणलाइनको शिलान्यास, फुकोट–कर्णाली ४८० मेवा जलविद्युत् परियोजना विकास सम्बन्धी समझदारी पत्र, तल्लोअरूण ६६९ मेवा को जलविद्युत् परियोजना विकास सम्झौता भएको थियो। 

इप्पानले अतिरिक्त विभिन्न जलविद्युत् आयोजनाहरूमा भारतीय लगानी भित्र्याउने, द्विपक्षीय ऊर्जा व्यापारका लागि प्रसारण लाइन लगायतका संरचनाहरूको निर्माण गर्ने, भारततर्फ ऊर्जाको दीर्घकालीन व्यपारको लागि वैधानिक आधार सुनिश्चित गर्ने, भारतीय भूमि हँुदै बंगलादेशसम्म नेपालबाट विद्युत् निर्यात सुरु गर्न सैद्धान्तिक सहमति भई त्रिपक्षीय सम्झौताको लागि प्रक्रिया अगाडि बढाउने सहमति भएको थियो। भारतका प्रधानमन्त्रीले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने लक्ष्य रहेको बताएका थिए। ऊर्जा व्यापार सम्झौता दुवै देशका सचिव स्तरमा सम्पन्न भएको छ। ‘प्रधानमन्त्रीज्यूले यसपटकको भ्रमणलाई आर्थिक कूटनीतिमा केन्द्रित गरी ऊर्जा व्यापारको लागि महत्वपूर्ण पहल गर्नुभयो,’ अध्यक्ष आचार्यले भने ‘प्रधानमन्त्रीको पहलकदमीबाट ऊर्जा उद्यमी खुसी भएका छौं।’  

इप्पानको आगामी जेठ ३२ गते साधारणसभा हुने भएको छ। सो साधारणसभाको उद्घाटन प्रधानमन्त्री दाहाल गर्ने कार्यक्रम तय गरिएको छ । यो साधारणसभाले नयाँ कार्यसमितिको चयन गर्ने भएकाले निर्वाचन प्रक्रियामा भाग लिन यही २५ गतेभित्र सदस्यता नवीकरण र नयाँ सदस्यता लिन इप्पानले सदस्यहरूलाई आह्वान गरेको छ। हालसम्म करिब १६५ आयोजनाले नयाँ सदस्यता लिएका छन् भने लगभग १५० पुराना सदस्यले नवीकरण गरेका छन्।

प्रकाशित: २३ जेष्ठ २०८० ०२:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App