१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

नेपालमा लगानी बढाउन भारतीय उद्योगीलाई आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानी बढाउन भारतका उद्योगी, व्यवसायीलाई आग्रह गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले भारतको नयाँ दिल्लीमा आयोजना गरेको नेपाल भारत बिजनेस समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो आग्रह गरेका हुन्।

प्रधानमन्त्री दाहालले नेपालमा लगानीको वातावरण बनाउन र लगानी भित्र्याउन सरकार सहकार्य गर्न तयार रहेको बताए। नीतिगत, कानुनी र धेरै विषयमा सहजीकरण गर्दै सुधार गरेको बताउँदै निजीक्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको बताए।

लगानीको वातावरण बनाउन र लगानी भित्र्याउन सरकार सहकार्य गर्न तयार छ। नीतिगत, कानुनी र धेरै विषयमा सहजीकरण गर्दै सुधार गरेका छौं।

- पुष्पकमल दाहाल,प्रधानमन्त्री

कार्यक्रममा भारतका वाणिज्य तथा उद्योग मन्त्री पीयुष गोयलले भारत र नेपालबीचको सम्बन्ध राजनीतिक र भूराजनीतिमा मात्र सीमित नभएको बताए। नेपालबाट भारत र भारतबाट नेपालमा लगानी भएको देख्न चाहेको उनले बताए।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीमैत्री नीति, नियम तथा कानुनी सुधार भएको बताए। ढकालले नेपालमा रहेका भारतीय कम्पनीहरूले राम्रो नाफा आर्जन गरिरहेकाले लगानी गर्ने उपयुक्त समय रहेको बताए।

नेपालमा ऊर्जा, जलस्रोत, कृषि, पर्यटन, उद्योग तथा पूर्वाधार विकासमा लगानी गर्न सकिने ढकालले बताए। ‘भारतीय निजीक्षेत्रलाई नेपालमा लगानी गरे आवश्यकता अनुसार सहजीकरण गर्न तयार छौं,’ ढकालले भने, ‘नेपालको निजीक्षेत्र साझेदारी गर्न पनि तयार छ।’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीमैत्री नीति, नियम तथा कानुनी सुधार भएको बताए।

भारतीय उद्योग परिसंघका अध्यक्ष आर दिनेशले भारत र नेपालबीच भौगोलिक विटतताको लाभ उठाउन र पारस्परिक विकासको लागि एक अर्काको बजारका अवसर छोप्न समेत उद्योगी व्यवसायीहरूलाई आग्रह गरे।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अरूण तेस्रो जस्तो ठूलो आयोजनाको सफल कार्यान्वयनले नै नेपाल लगानीको लागि सहज छ भन्ने प्रष्ट भएको बताए ।

प्रकाशित: २१ जेष्ठ २०८० ०३:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App