३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिटी एक्सप्रेसको सिइओमा सैंजु नियुक्त

सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरजमान सैंजु नियुक्त भएका छन्।

नवनियुक्त सैंजुको नेतृत्व क्षमता र कार्यानुभवले सिटी एक्सप्रेसको प्रगतिलाई नयाँ उचाइ पु¥याउने अपेक्षा गरिएको सिटी एक्सप्रेसले जनाएको छ। ४२ वर्षीय सैंजुले बैंकिङ क्षेत्रमा २० वर्ष र धेरै वाणिज्य बैंकहरूको फिल्ड् ट्रेजरी विभागमा १५ वर्ष भन्दा बढीको अनुभव सँगालेको सिटी एक्सप्रेसले जनाएको छ।

क्यानडा स्थित सेक्युरिटी इन्स्टिच्युटबाट सुरक्षा कोर्ष गरेका संैजुले आफूले कम्पनीको दिगो आर्थिक वृद्धिको लागि नेटवर्कको विश्वव्यापी पहुँच विस्तार गरी नेपालकोे सबैभन्दा ग्राहक केन्द्रित कम्पनी बनाउने विश्वास दिलाएका छन्। 

प्रकाशित: १७ जेष्ठ २०८० ०३:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App