सिन्धुली- ठूला बाँसका झाँङ तर खुल्ला छन्। नयाँ विरुवा (मुना)हरु मात्र देखिन्छन्। झाङको वरीपरी सुकेका तथा ओइलाएका टुप्पा छन्। भद्रकालीको एक गाँउमा रहेको बाँसको झाँङको दृश्य हेर्दा झाँङमा नयाँ मात्र बाँस हुदो रहेछ जस्तै देखिन्थ्यो। एक दशक अगाडी सम्म झाँङमा अटाइ नअटाई हुने बाँसका झाङ आजकाल खुल्ला छन् । एउटा झाँङमा पच्चिसदेखि पचास ओटा नयाँ मुनाहरु मात्र भेटिन्छन्।
ग्रामिण सडक गाँउ गाँउसम्म पुगेपछि बाँस किन्नका लागि ठेकेदार गाँउमा रहेका झाँङमै पैसा बोकेर पुग्न थालेपछि बाँसका झाङ रित्तो र बाँसधनीका पकेट भरिन थालेको स्थानीय बताउँछन्। सडक सञ्जालले ग्रामिण क्षेत्रलाई छोएसँगै झाङबाटै बाँस किनेर देशका ठूला तथा साना सहरमा ठेकेदारले पुर्याउन थालेपछि सामान्य डोको डालो बुन्ने बाहेक दाउरा बालेरै सकिने बाँस धमाधम विक्रि हुन थालेको छ।
भद्रकाली गाविसका कृतिबहादुर अधिकारी खोरिया(पाखो)मा रहेका बाँस बेचेर राम्रो आम्दानी लिएको बताउँछन्। अब त खोरियामा बाँस भए दिनचर्य चलाउन आर्थिक समस्या नहुने रहेछ, उनले भने–‘झाँङबाटै ८० रुपैँयामा बास विक्रि हुन्छ।’ ठेकेदारले किसानको बाँसको झाँङमै पुगेर प्रति घारा ८० रुपैँया दिन थालेको उनी बताउँछन् । सडक आसपासमै भएका बाँसको झाँङलाई घना गनेर ८० देखि ९० सम्म दिन्छन्, उनले भने–‘सडकबाट अलि टाढाको दुरीमा रहेका झाँङका बाँसलाई भने ६० रुपौयाँ दिन्छन् । सडक आसपासबाट अलि टाढाको दुरीमा रहेको झाँङबाट भने सडकसम्म ढुवानी गर्दा ठेकेदारलाई खर्चिलो हुने भएकाले मुल्य कम पाएको स्थानीय कृषक बताउँछन्।
प्रकाशित: १३ चैत्र २०७३ ०९:०८ आइतबार