१४ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर बजेट आउँछः अर्थमन्त्री महत

फाइल तस्बिर

अर्थमन्त्री डा. प्रकाशशरण महतले पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर सरकारको आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन्।

आईतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन्।

जेठ १५ गते (भोलि) सरकारले आगामी आर्थिक वर्षका बजेट संसदमा पेश गर्दैछ। अर्थमन्त्री महतले बजेट समग्र जनता र देशलाई केन्द्रित गरेर आउने बताए। बजेट कार्यान्वयनमा पनि सरकारले विशेष जोड दिने उनको भनाई थियो।

कार्यान्वयनलाई नै महत्व दिएर बजेट आउने र त्यसैलाई मध्यनजर राखेर सरकार अघि बढ्ने अर्थमन्त्री महतले बताए। उनले बजेट जतिसुकै राम्रा भएपनि कार्यान्वयनमा नगए त्यसको कुनै अर्थ नहुने भएकाले सरकारले बजेट कार्यान्वयनको पक्षमा जोड दिने बताए।

अर्थमन्त्री महतले भने, 'समग्र जनतालाई केन्द्रित गरेर, देशलाई केन्द्रित गरेर सबै पक्ष, पछाडि परेका क्षेत्र, समूह, वर्ग, लिंग सबैलाई मध्यनजर राखेर बजेट आउँछ। हामीले कार्यान्वयनमै जोड दिएका छौं। कार्यान्वयन अत्यन्तै महत्वपूर्ण विषय हो। र, जतिसुकै राम्रा कुराहरु भएपनि कार्यान्वयनका विषयमा हामी गम्भिर भएनौं भने समस्या आउँछ। परिणाम आउँदैन। त्यो कुरालाई मध्यनजर राखेर नै के–कस्ता सुधारका आवश्यक्ता छ? त्यसलाई हामी महत्व दिन्छौं।'

अर्थमन्त्री महतले बजेटलाई परिणाममुखि बनाउन पनि त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने स्मरण गराए।  

प्रकाशित: १४ जेष्ठ २०८० ११:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App