१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

गुराँस लघुवित्तको सिइओमा उपाध्याय नियुक्त

गुराँस लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा विष्णुप्रसाद उपाध्याय नियुक्त भएका छन्। सञ्चालक समितिको बैठकले यही जेठ ३ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि उपाध्यायलाई नियुक्त गरेको हो।

सिराहा नगरपालिका वार्ड १ स्थायी घर भई हाल नयाँबानेश्वर बसोवास गर्दै आएका उपाध्यायले नेपाल इन्स्योरेन्स कम्पनीमा उपप्रबन्धक, प्रबन्धक र वरिष्ठ प्रबन्धक हुँदै प्रमुख कार्यकारी अधिकृतसम्म गरी २१ वर्ष तथा नेपाल पुनर्बिमा कम्पनीमा पुनर्बिमा विज्ञ र कम्पनी सचिवको जिम्मेवारीमा रही ४ वर्षको कार्यानुभव हासिल गरेका छन्।

व्यवस्थापन संकायबाट स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका उपाध्यायको उच्च स्तरीय नेतृत्व क्षमता र कार्यानुभवले गुराँस लघुवित्तको प्रगतिले नयाँ उचाइ लिने अपेक्षा गरिएको संस्थाले जनाएको छ।

प्रकाशित: ५ जेष्ठ २०८० ०३:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App