१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

‘सिद्धार्थ पे एण्ड सेभ खाता’ सञ्चालन

सिद्धार्थ बैंकले अभिभावक तथा बालबालिकालाई लक्षित गर्दै नेपालमै पहिलो पटक ‘सिद्धार्थ पे एण्ड सेभ खाता’ सञ्चालनमा ल्याएको छ।

शून्य मौजदातमै खोल्न सकिने यस खातामा अभिभावकले डेबिट कार्ड र मोबाइल बैंकिङ मार्फत सयभन्दा बढीको विद्युतीय कारोबार गरेको अवस्थामा सो कारोबार रकमलाई आधार बनाइ निश्चित रकम अभिभावकको खाताबाट कट्टा भई बालबालिकाहरूको खातामा स्वतःजम्मा हुनेछ।

डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै बालबालिकाको लागि आजैबाट ससानो बचत गर्दै जान अभिपे्ररित गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएकोे यस खातामा बैंकले अभिभावक र बालबालिका दुबैको खातामा विशेष आकर्षणको रूपमा पहिलो वर्षका लागि निःशुल्क डेबिट कार्ड र बैंकस्र्माट एक्सपी सेवा प्रदान गर्ने भएको छ।

साथै, बैंकले ग्राहकलाई यो खाता खोली लाभ लिन प्रेरित गर्ने उद्देश्यका साथ सीमित अवधिका लागि क्यासब्याक योजना पनि उपलब्ध गराइएको छ। यस खाताले अभिभावक वर्गलाई डिजिटल प्रणालीको प्रयोग गर्न उत्प्रेरित गर्नुका साथै ससानो बचत गरी आफ्ना बालबालिकाको लागि केही रकम बचत गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

प्रकाशित: २६ वैशाख २०८० ०२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App