२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अर्थतन्त्र सुधार गर्न समय लाग्छ: महत

अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र बाहिर भनिए जस्तो कहालीलाग्दो अवस्थामा नरहेको बताउँदै चलायमान गराउन भने समय लाग्ने बताएका छन्।

बुधबार राष्ट्रियसभामा पेस भएको सार्वजनिक महत्वको विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री महतले अर्थतन्त्र सुधारतर्फ उन्मुख गराउन सकिने अवस्थामा रहेको बताएका हुन्।

‘अर्थतन्त्र एकदम संकटग्रस्त भयो, समाप्तिको बाटोमा गयो भन्ने धारणा निर्माण भएको छ। त्यस्तो स्थिति होइन। केही दबाब र अप्ठ्यारा अवश्य छन्। त्यसलाई फुकाउने छौं, समय लाग्छ,’ अर्थमन्त्री महतले भने।

अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र बाहिर भनिए जस्तो कहालीलाग्दो अवस्थामा नरहेको बताउँदै चलायमान गराउन भने समय लाग्ने बताएका छन्।

उनले अर्थतन्त्रलाई सुधारमा ल्याउनका लागि सरकारसँग ठोस प्रतिबद्धता रहेको बतउँदै उनले चलायमान बनाउने कुरा आज बोलेर भोलि तुरुन्तै चमत्कार हुने नभई केही समय लाग्ने बताए।

‘यसका लागि समय लाग्छ, धैर्यको आवश्यकता पर्छ,’ उनले भने।

एमालेको संसद् अवरोध राष्ट्रियसभामा दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावको छलफलमा अर्थमन्त्री अनुपस्थित भएको भन्दै एमालेले राष्ट्रियसभाको बैठकमा विरोध जनाएको छ।

एमालेको विरोधपछि बैठक १४ मिनेटका लागि स्थगित भएको छ। एमाले राष्ट्रियसभा संसदीय दलका नेता भैरवसुन्दर श्रेष्ठले अर्थमन्त्री उपस्थित नभए छलफलमा सहभागी नहुने बताएका थिए।

अर्थमन्त्री प्रकाशशरण महत उपस्थित भएपछि राष्ट्रियसभाको बैठक फेरि सुरु भएको थियो। बैठकमा वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रस्ताव पेस भएको थियो।

एमालेको विरोधपछि बैठक १४ मिनेटका लागि स्थगित भएको छ। एमाले राष्ट्रियसभा संसदीय दलका नेता भैरवसुन्दर श्रेष्ठले अर्थमन्त्री उपस्थित नभए छलफलमा सहभागी नहुने बताएका थिए।

एकीकृत समाजवादीकी सांसद गरिमा साहले वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रस्ताव पेस गरेकी हुन्। उनले प्रस्ताव पेस गरेसँगै छलफल गर्ने क्रममा एमाले सांसदहरूले अर्थमन्त्री डा.प्रकाशशरण महतको उपस्थिति नभएको भन्दै छलफलमा भाग नलिने भएपछि बैठक स्थगित भएको थियो।

एकीकृत समाजवादीकी सांसद गरिमा साहले वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रस्ताव पेस गरेकी हुन्।

प्रस्ताव पेस गर्दै साहले नेपाली जनताका समस्या समाधान गदै राजनीतिप्रति वितृष्णा र निराशा हुनबाट जोगाउने वर्तमान सरकारको दायित्व भएको बताइन्। उनले मुलुकको अर्थतन्त्र सुधार गरी मुलुकमा समाजवादका आधारहरू तयार गर्नेतर्फ अर्थतन्त्रलाई लैजानुपर्ने बताइन्। उनले मुलुक आर्थिक रूपमा श्रीलंका र पाकिस्तानको बाटोमा जान नदिनको लागि सार्वजनिक महत्वको प्रस्ताव पेस गरिएको बताइन्।

प्रकाशित: १४ वैशाख २०८० ०३:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App