१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

चितवन औद्योगिक प्रदर्शनीमा ७० प्रतिशत बुकिङ

उद्यमशीलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग गर्ने उद्देश्यले आयोजना हुन लागेको सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीमा ७० प्रतिशत बुकिङ भएको छ।

आगामी वैशाख २२ गतेदेखि चितवन प्रदर्शनी केन्द्र भरतपुरमा हुने प्रदर्शनीमा आकर्षण देखिएको छ। उद्योगीहरूले वैशाख १७ गतेसम्म बुकिङ गर्न सक्ने आयोजकले जनाएका छन्।

चितवनका उद्योगीहरूको छाता संस्थाको रूपमा रहेको चितवन उद्योग संघको आयोजना, संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघको प्रवद्र्धन सहयोग, मिडिया स्पेस सोलुसन्स प्रालिको व्यवस्थापकीय साझेदारीमा बैशाख २२ देखि २४ गते प्रदर्शनी आयोजना हुन लागेको हो।

उद्यमशीलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग गर्ने उद्देश्यले आयोजना हुन लागेको सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीमा ७० प्रतिशत बुकिङ भएको छ।

आधुनिक सुविधा सम्पत्र चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुने प्रदर्शनीमा निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्टिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फुड एण्ड वेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरूको उत्पादन र सेवा प्रदर्शनी हुनेछ।

यी उद्योगलाई उपयोगी हुने आधुनिक मेसिन, यन्त्र उपकरण र प्रविधिको प्रदर्शनीसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी २०० भन्दा बढी स्टलहरू रहने छन्।

उद्यमीहरूलाई आधुनिक प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिका लागि प्रोत्साहन गर्ने तथा नवीनतम प्रविधि हस्तान्तरणको वातावरण सिर्जना गर्ने महत्वपूर्ण अवसरको रूपमा लिइएको छ।

 अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीमा स्वदेशी एवम् विदेशी उद्योगीहरूका बीच प्रत्यक्ष भेटघाट तथा छलफल हुन गई ब्राण्डिङ, लेवलिङ र प्याकेजिङ, प्रक्रियाका सम्बन्धमा अनुभव आदान प्रदानमार्फत ज्ञान अभिवृद्धि गर्न तथा सुमधुर व्यावसायिक सम्बन्ध स्थापित गरी स्वदेशी औद्योगिक उत्पादनको अन्तराष्ट्रिय बजारीकरणमा पहुँच पुर्‍याउन महत्वपूर्ण अवसर प्राप्त हुनेछ।

उद्यमीहरूलाई आधुनिक प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिका लागि प्रोत्साहन गर्ने तथा नवीनतम प्रविधि हस्तान्तरणको वातावरण सिर्जना गर्ने महत्वपूर्ण अवसरको रूपमा लिइएको छ।

आधुनिक प्रविधिहरूको अनुसरण गर्ने र औद्योगिक अनुभव तथा ज्ञान आदान प्रदानमार्फत उद्यमशीलताको विकासमा सहयोगी हुने विश्वास लिइएको छ। प्रदर्शनीमा लघु, घरेलु तथा साना उद्योगहरूलाई सहज र किफायती बनाउन मदत पुर्‍याउने साना साना औजार, मेसिनदेखि ठूला उद्योगमा प्रयोग हुने अत्याधुनिक यन्त्र उपकरणहरूबाट लाइभ प्रोडक्सन समेत गरिने भएकाले नेपालको औद्योगिक विकासमा सहयोग पुर्‍याउने छ।

प्रकाशित: १४ वैशाख २०८० ०२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App