७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

असी करोडको गोदावरी सभाहलमा एकपछि अर्काे समस्या

असी करोड रूपैयाँ खर्चेर ललितपुरको गोदावरीमा निर्माण गरिएको तीन हजार क्षमताको सभाहलमा निर्माण सम्पन्न भएको एक वर्ष नबित्दै एकपछि अर्काे समस्या देखापरेका छन्। महालेखा परीक्षकको कार्यालयको ६० औं वार्षिक प्रतिवेदनले सभाहल निर्माणमा अधिकांश त्रुटि तथा कमजोरी देखिएको औंल्याएको छ।

महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले सभाहल निर्माण सकिएको एक वर्ष नबित्दै विभिन्न ठाउँमा छानोबाट पानी चुहिएको, फल्स सिलिङ भत्किएको, ठूला काठका ढोका पूरा नखुल्ने अवस्था आएको देखाएको छ। केसी/समानान्तर जेभीले निर्माण गरेको सभाहलमा अहिले धेरै खालका समस्या देखिएको छ।

असी करोड रूपैयाँ खर्चेर ललितपुरको गोदावरीमा निर्माण गरिएको तीन हजार क्षमताको सभाहलमा निर्माण सम्पन्न नभएको एक वर्ष नबित्दै एकपछि अर्काे समस्या देखापरेका छन्।

‘छानोको ट्रसको बेस प्लेट र एंकरबोल्ट भएको ठाउँमा डिजाइन गर्दा सियर लगको डिजाइन गरिएकोमा सो सियरलग निर्माण भएको छैन।’ महलेखापरीक्षक कार्यालयको प्रतिवेदनमा भनिएको छ, ‘निर्माणसँग सम्बन्धित त्रुटि सुधार गरी सभाहल सञ्चालनको सुनिश्चितता गर्नुपर्दछ।’

सभाहलको भवनमा क्यान्टिन, सुरक्षागार्ड तथा मर्मतसम्भार र सरसफाइ गर्ने कर्मचारीको लागि बस्ने स्थान निर्माण नगरिएको, मञ्च अपाङ्गमैत्री नभएको र पछाडिको कोरिडोर होचो र साँघुरो भएको, मुख्यद्वारमा पोर्चको निर्माण नगरिएको कारण सेवाग्राहीलाई हल प्रवेशमा असहज हुने जस्ता समस्या देखिँदै आइरहेको छ।

ललितपुरको गोदावरीमा ३ हजार सिट क्षमताको सभाहल निर्माण गर्ने जिम्मेवारी केसी/समानान्तर जेभीले पाएको थियो। तत्कालीन भवन तथा सहरी विभागसँग २०७६ कात्तिक २० गते ठेक्का सम्झौता भएको थियो।

ठेक्का सम्झौता अनुसार ६५ करोड ८१ लाख ६५ हजार रूपैयाँमा निर्माण सम्पन्न गर्नुपर्ने थियो। सो सभाहलको भेरिएसन आदेशपछि ८२ करोड १४ लाख ३० हजार (संशोधित लागत) कायम भएको थियो। यो सभाहलको निर्माण २०७७ चैत ३० गते ८० करोड २७ लाख १६ हजारमा सम्पन्न भएको हो।

ललितपुरको गोदावरीमा ३ हजार सिट क्षमताको सभाहल निर्माण गर्ने जिम्मेवारी केसी/समानान्तर जेभीले पाएको थियो।

महालेखाले सभाहल निर्माण, सञ्चालन, हस्तान्तरण, एवं व्यावसायिक दिगोपनासम्बन्धी कार्यविधि एवं योजना तर्जुमा नगरेको औंल्याएको छ। ‘सञ्चालनको मापदण्ड नभएको, सञ्चालन खर्च निरन्तर व्यहोर्नुपर्ने तथा यस प्रकारका संरचना निर्माण गर्दा दीर्घकालीन रूपमा आर्थिक दायित्व वृद्धि हुने भएकाले लाभको लागतको विश्लेषण गरेर आवश्यकता आधरित रहेर मात्र सभाहल निर्माण गर्नुपर्ने ।’

 प्रतिवेदनमा भनिएको छ, ‘यसको संरक्षण र उपयोगको उचित व्यवस्थापन हुने गरी पूर्व तयारी र सञ्चालन कार्यविधि तर्जुमा गर्नुपर्दछ।’

महालेखाले सभाहल निर्माण, सञ्चालन, हस्तान्तरण, एवं व्यावसायिक दिगोपना सम्बन्धी कार्यविधि एवं योजना तर्जुमा नगरेको औंल्याएको छ।

सभाहल निर्माण गर्न १४३ रोपनी १ आना जग्गा उपलब्ध गराउने निर्णय भएकोमा ४३ रोपनीमा जग्गामा सभाहल निर्माण भयो। बाँकी जग्गा अतिक्रमण भई घरटहरा निर्माण भएको देखिएकाले सार्वजनिक जग्गा संरक्षण गर्न उचित प्रबन्ध गर्नुपर्ने।

सहरी विकास मन्त्रालयको २०७८ चैत २ गतेको पत्रानुसार सभाहल सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिलाई दिइएको छ। केन्द्रले पेश गरेको विवरण अनुसार यो वर्ष गोदाबरी सम्मेलन केन्द्रले ३ कार्यक्रम गरी ४९ लाख २८ हजार रूपैयाँ आम्दानी गर्‍यो। गोदावरी सम्मेलन केन्द्रले २९ लाख ३५ हजार खर्च गरेको छ।

सिटी हलमा दुईवटा भिभिआइपी कक्ष समेत निर्माण गरिएको छ। गोदावरी नगरपालिका, वडा नम्बर ३ मा सिटी हल छ। यो हल ४३ रोपनी १५ आना क्षेत्रफलमा फैलिएको छ। सिटी हलको भौतिक संरचनाले ११ रोपनी १३ आना जग्गा ओगटेको छ।

सघन सहरी तथा भवन निर्माण विभागले सात प्रदेशमा ४३ सभाहल निर्माण गर्ने योजना सारेको थियो। सो अन्तर्गत ११ वटा सभाहल निर्माण कार्य सम्पन्न भएको छ। १८ सभाहल निर्माणाधीन अवस्थामा छन्। १४ सभाहलको लागि जग्गा प्राप्ति, विस्तृत परियोजना प्रतिवेदन लगायतका प्रारम्भिक चरणका काम भइरहेका छन्।

सिटी हलमा दुईवटा भिभिआइपी कक्ष समेत निर्माण गरिएको छ। गोदावरी नगरपालिका, वडा नम्बर ३ मा सिटी हल छ। यो हल ४३ रोपनी १५ आना क्षेत्रफलमा फैलिएको छ।

४३ सभाहलमध्ये २९ सभाहल निर्माणका लागि १८ अर्ब १६ करोड लागत अनुमान गरिएको छ। आव २०७८/७९ सम्ममा सो सभाहलका लागि ९ अर्ब ८३ करोड ३३ लाख रूपैयाँ खर्च भएको छ । 

प्रकाशित: ८ वैशाख २०८० ०१:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App