४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

महासंघ निर्वाचनमा सय बढी उम्मेदवार

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा उद्योगी, व्यवसायी तीन प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन्। आगामी चैत २९ गते हुने चुनावमा विभिन्न पदमा एक सय बढी उम्मेदवारले मंगलबार उम्मेदवारी दर्ता गरेका छन्। वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठ प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन्।

जिल्लानगर उपाध्यक्ष पदका लागि सुरकृष्ण वैद्य, अरूणराज सुमार्गी र दिनेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। त्यसैगरी वस्तुगत उपाध्यक्षमा सकुन्तलाल हिराचन, मनीषलाल प्रधान र हेमराज ढकालले उम्मेदवारी दर्ता गरेका छन्। एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ र भरतराज आचार्य उम्मेदवार छन्।

वस्तुगत संघतर्फबाट १४ केन्द्रीय सदस्य पदमा २८ जनाले उम्मेदवारी दिएका छन्। उद्योग वाणिज्य संघतर्फ १८ पदमा ३२ जना र एसोसिएटतर्फ १९ पदमा ३० जनाले उम्मेदवारी दिएका छन्। द्वि-राष्ट्रिय उद्योग वाणिज्य संघको तर्फबाट भने नेपाल-भारत उद्योग वाणिज्य संघको तर्फबाट सुनिल केसी निर्विरोध निर्वाचित भएका छन्।

जिल्लानगर सदस्यतर्फ लुम्बिनी प्रदेशमा जम्शेर मिया निर्विरोध निर्वाचित भएका छन्। महासंघको विधानअनुसार हरेक प्रदेशबाट एकएक केन्द्रीय सदस्य रहने व्यवस्था छ। कोसी र कर्णाली प्रदेशमा तीन-तीन उम्मेदवार छन् भने मधेस, वाग्मती, गण्डकी र सुदूरप‍श्चिममा प्रदेशबाट दुई-दुई जनाले उम्मेदवारी दिएका छन्।

प्रकाशित: २२ चैत्र २०७९ ०३:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App