४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आलु महोत्सवमा ४० टनको आलुको पहाड बनाईने

यसअघिका वर्षहरुमा निर्माण गरिनेगरेका आलुको पहाड।

पोखरामा चैत तेश्रो साताबाट आलु महोत्सव आयोजना हुने भएको छ। विष्णुपादुका क्लवको आयोजनामा पोखरा–२५ हेमजामा यहि चैत २६ गतेदेखि बैशाख ३ गतेसम्म एघारौं संस्करणको ‘राष्ट्रिय हेमजा आलु महोत्सव’ आयोजना हुन लागेको हो।

महोत्सवको तयारी तिव्र रुपमा भईरहेको आयोजक विष्णुपादुक क्लवले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । हालसम्म ७० प्रतिशत तयारी सकिएको क्लवका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिए।

आलु महोत्सवमा ४० टनको आलुको पहाड बनाईने क्लवले जनाएको। जसका लागि आलु संकलन भईरहेको अध्यक्ष श्रेष्ठले बताए। आलु गाउँको रुपमा परिचित हेमजामा महोत्सवको अवसरमा आलुकै पहाड बनाएर प्रदर्शन गर्न लागिएको उनको भनाई छ। आलुको पहाडबाट महोत्सवमा आउने ग्राहकले आफूलाई आवश्यक पर्ने आलु खरिद गरेर लैजानसक्ने श्रेष्ठले जानकारी दिए।

आलु महोत्सवमा विभिन्न आलुका परिकारकोपनि दर्शकले स्वाद लिन पाउनेछन्। आलु पारखीका लागि करीब २५ थरिका परिकार बनाएर स्वाद चखाईने क्लवका महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिए।

यसका अलावा महोत्सवमा ताजा तरकारीको बृहत प्रदर्शन, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, बिउ बिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम गरिने महासचिव श्रेष्ठले जानकारी दिए।

मोत्सवसँगै हेमजामा उत्पादन भएको आलु तथा अन्य ताजा तरकारीको प्रचारप्रसार, हेमजालाई व्यवसायिक कृषि पर्यटकीय क्षेत्रका रुपमा देश विदेशमा चिनाउने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत विभिन्न समूहमा व्यवसायिक कृषि खेती संचालन गर्न सहयोग तथा अभिप्रेरणा प्रदान गर्नेलगायतका उद्देश्य रहेको क्लवले जनाएको छ।

पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले हेमजामा करीब ४५० हेक्टर जमिनमा आलु खेती हुनेगरेको बताए । उनले पछिल्लो समय आलु खेतीतर्फ कृषकहरुमा आकर्षण भन्दा विकर्षण बढ्दो भएको भन्दै दुःख व्यक्त गरे। आलु महोत्सव अवलोकनका लागि साधारण प्रवेशका लागि ८० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँको टिकट दर कायम गरिएको जनाइएको छ।

प्रकाशित: २१ चैत्र २०७९ १०:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App