४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेसनल लाइफद्वारा बोनस दर सार्वजनिक

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले बोनस दर सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०७८/७९ को बिमांकीय प्रतिवेदन नेपाल बिमा प्राधिकरणबाट स्वीकृति भएपछि नयाँ बोनस दर सार्वजनिक गरेको हो।

कम्पनीले विभिन्न बिमा योजनामा बोनस दर प्रतिहजार बिमांक ६३ देखि ८५ रूपैयाँ निर्धारण गरेको छ। सार्वधिक जीवन बिमा योजनामा ९ वर्ष अवधिका लागि प्रतिहजार ६४ रूपैयाँ, १० देखि १४ वर्ष र १५ देखि २० वर्ष अवधिका लागि प्रतिहजार ६४ रूपैयाँ, २१ वर्षदेखि २५ वर्षसम्मका लागि प्रतिहजार ७० रूपैयाँ, २६ र सोभन्दा माथिका लागि प्रतिहजार ८५ रूपैयाँका योजना तोकिएका छन्।

प्रकाशित: २० चैत्र २०७९ ०२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App