२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रैथाने बाली खरिद गर्न सम्झौता

हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय हुम्लासँग रैथाने बाली खरिदका लागि सम्झौता गरेको छ।

सम्झौतामा गाउँपालिकाले खरिद गरेर शाखालाई उपलब्ध गराउनुुपर्ने परिमाण र बालीको प्रकार खुुलाउनुपर्ने उल्लेख छ। सम्झौतामा लिमिटेडको तर्फबाट शाखा प्रमुख कृष्णप्रसाद अधिकारी र अदानचुली गाउँपालिकाको तर्फबाट वडा नम्बर ५ का अध्यक्ष कमल छत्यालले हस्ताक्षर गरे। अदानचुलीबाट लिमिटेडले छ प्रकारका रैथाने बाली खरिद गर्न सम्झौता गरेको हो।

पहिलो चरणमा एक सय क्विन्टल सिमी प्रतिकिलो एक सय ४० रुपैयाँ, मास ३० क्विन्टल प्रतिकिलो एक सय ६० रुपैयाँ  तथा फापर, कोदो, चिना र कागुुनो बीस क्विन्टल खरिद गर्न सम्झौता भएको छ। चिनो र कागुुनो प्रतिकिलो ६५, फापर ९० र कोदो प्रतिकिलो ६० रुपैयाँमा खरिद गर्न सम्झौता भएको छ।

पहिलो चरणमा एक सय ५० क्विन्टल रैथाने बाली खरिदको सम्झौता भएको शाखा प्रमुख अधिकारीले बताए। बालीको प्याकेजिङ गाउँपालिकाले तथा काठमाडौंसम्मको ढुवानी लिमिटेडले गर्नेछ।

शाखाले यसअघि सिमकोट गाउँपालिकासँग चार किसिमका रैथाने बाली खरिदका लागि सम्झौता गरेको थियो। सिमकोटबाट सुर्खेतसम्म ढुवानी गरेको खाद्यान्नको हवाई ढुवानी भाडा प्रतिकिलो ४५ रुपैयाँ तिर्नुपर्छ। अदानचुली सडक सञ्जालसित जोडिएकाले प्रतिकिलो १२ रुपैयाँमा ढुवानी भाडा तिर्नुपर्ने छ। रैथाने बालीको प्रवद्र्धन र बजारीकरण गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्न लागेको हो। रासस  

प्रकाशित: १७ चैत्र २०७९ ०६:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App