१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

समृद्धि फाइनान्सको चेतनामूलक कार्यक्रम

समृद्धि फाइनान्सको हेटौडा शाखा कार्यालयले वित्तीय चेतनामूलक कार्यक्रम गरेको छ। फाइनान्सले शनिबार रोड हाउस रेष्टुरेन्टमा स्थानीय युवाहरू माझ चेतनामूलक कार्यक्रम सम्पन्न गरेको हो।

 त्यसैगरी आइतबार फाइनान्सको बनेपा शाखा कार्यालयले बनेपास्थित मिलिनियम कलेजमा विद्मार्थीहरू माझ युवा वर्ग लक्षित वित्तीय चेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। ग्लोबल मनि सप्ताहको सन्दर्भमा ‘प्लान योर मनि, प्लान योर फ्युचर’ भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको हो। भविष्यमा थप शाखाहरूबाट नियमित रूपमा विभिन्न वर्ग लक्षित वित्तीय चेतनामूलक कार्यक्रम आयोजना गरिने तालिका रहेको संस्थाले जनाएको छ।  

प्रकाशित: १३ चैत्र २०७९ ०३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App