२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

लर्डबुद्ध फाउन्डेसनको दीक्षान्त समारोह

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले विद्यार्थीले स्वदेशमा सम्भावनाको खोजी गर्नुपर्ने बताएका छन्। लर्डबुद्ध एजुकेसन फाउन्डेसनको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै दीक्षित विद्याथीहरू देशको कर्णधार भएकाले विद्यार्थीले देखेको भिजन र मिसनको सम्भावना स्वदेशमै खोजी गर्नुपर्ने उनले बताए।

यस्तै एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसन मलेसियाका प्रमुख अपरेटिङ अफिसर गुरपरदिप सिंहले संसार निरन्तर परिवर्तन भएकाले भविष्यमा थप जटिल चुनौतीहरू सामना गनुपर्ने बताएका छन्। लर्ड बुद्ध फाउण्डेसनका अध्यक्ष पंकज जलानले पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने श्रमिकको संख्या बढेकाले सिपमूलक जनशक्ति उत्पादन गरी विदेश पठाउन सकेमा रेमिट्यान्स बढ्ने बताएका छन्। साथै फाउण्डेशनका कार्यकारी निर्देशक प्रकाशकुमार केजरीवालले दीक्षित विद्यार्थीहरूलाई उद्देश्य ठूलो राख्दा आफनो पेशा सदैव प्रगतितर्फ जाने बताए।

उक्त दीक्षान्त समारोहमा स्नातक तह उत्तीर्ण गरेका सूचना प्रविधिका ४९, स्नातकोत्तर तह एमबिएका १९, एमएससी सूचना प्रविधि व्यवस्थापनका ४९ गरी कुल १ सय १७ जना विद्यार्थी दीक्षित भएका छन्।

प्रकाशित: १२ चैत्र २०७९ ०२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App