९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

ह्याप्पिनेस विक-एण्ड विशेष एक्सचेन्ज क्याम्प सञ्चालन हुँदै

सिप्रदीका आधिकारिक टाटा मोटर्स सोरुमहरूमा ह्याप्पिनेस विक-एण्ड विशेष एक्सचेन्ज क्याम्प सञ्चालन हुँदैछ।

गत हप्ता आयोजित एक्सचेन्ज क्याम्पको उत्साहजनक प्रतिक्रियाबाट कम्पनीले पुनः यही चैत्र महिनाको ३, ४, ५ गते काठमाडौंस्थित सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्स सोरुमहरू सो क्याम्प सञ्चालन गर्ने भएको हो। कम्पनीको सोरुममा गई ह्याप्पिनेस मेनुको बारेमा जानकारी लिई मेनुमा भएका अफरहरूको लाभ उठाउन कम्पनीले आग्रह गरेको छ।

कम्पनीका अनुसार उक्त एक्सचेन्ज क्याम्पमा जुन सुकै कम्पनी अथवा ब्राण्डको गाडी लिएर आई टाटा मोटर्सका सर्वाधिक रुचाइएका नयाँ २०२३ मोडेलका नेक्सन ईभी र टिगोर ईभीसँग साट्न सकिने व्यवस्था गरिएको छ। सो व्यवस्थालाई अझ सहज बनाउने उद्देश्यले सोरुममा बैंकिग सुविधा, इन्स्योरेन्स सुविधाका साथै गाडी मूल्यांकन गर्न विभिन्न दक्ष मूल्यांकनकर्ताहरूको पनि सहभागिता हुनेछ।

यस्तै टाटा मोटर्सका ग्राहक तथा बजारको सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल/डिजेलबाट चल्ने सवारी साधनलाई बजारले अत्यधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एउटै सोरुमबाट व्यवस्था गरिएको कम्पनीले जनाएको छ। यसका साथै चलिरहेको बजारको मूल्य भन्दा गाडीको विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधा र साथै हरेक गाडी हस्तान्तरणमा निःशुल्क गाडीका लागि उपयुक्त पार्टपुर्जा पनि पाइने भएको छ।

प्रकाशित: ६ चैत्र २०७९ ०३:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App