३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

एक्सेन्ज क्याम्पमा उत्साहजनक उपस्थिति

सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्स सोरुमहरूमा आयोजित ‘द इलेक्टिफाइङ एक्सेन्ज- २०२३’ एक्सेन्ज क्याम्पमा उत्साहजनक उपस्थिति भएको कम्पनीले जनाएको छ।

टाटा मोटर्सका ग्राहक तथा बजारको सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सेन्ज क्याम्पमा पेट्रोल डिजेलबाट चल्ने सवारी साधनलाई बजारले अत्यधिक रुचाएको टाटा मोटर्सको विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एउटै सोरुमबाट व्यवस्था गरिएको थियो।

उपस्थित भएका ग्राहकका अनुसार चलिरहेको बजारको मूल्य भन्दा गाडीको विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधा पनि भएका कारण क्याम्पमा सहभागी भएको कम्पनीको विश्वास छ। एक्सेन्ज सुविधासँगै कम्पनीले विद्युतीय गाडी सम्बन्धी जानकारी दिँदै काठमाडौंभित्रका विभिन्न बाटोमा टेस्ट ड्राइभ पनि गरिएको कम्पनीले जनाएको छ। कम्पनीले ग्राहकको उत्साहजनक सहभागी देखेर उक्त क्याम्पमा सहभागी हुन नसकेका ग्राहकका लागि यस हप्ता पनि निरन्तरता दिन तयारी भइरहेको जनाएको छ।  

प्रकाशित: १ चैत्र २०७९ ०२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App