७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

महिला चालक दलका सदस्यहरूको टिमद्वारा सुरक्षित अवतरण

नेपाल वायुसेवा निगमको इतिहासमा पहिलो पटक महिला चालक दलका सदस्यहरूको समूहले काठमाडौंमा विमान सुरक्षित अवतरण गरेको छ।

अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चका दिन निगमको उडान नम्बर आरए २३० दुवई–काठमाडौंं उडान सम्पूर्ण महिला चालक दलका सदस्यहरूको समूहले काठमाडौंमा सुरक्षित अवतरण गरेको हो।

यसै क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त विमान चालक दलका सदस्यहरूलाई माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती तथा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले स्वागत गरेका थिए।

उक्त उडानमा कमाण्डर पाइलट भावना गिरी पन्त, को–पाइलट सिर्जना रावत, आइएफएस बास्ना राना, फ्लाइट पर्सर अन्जक महर्जन, एयर होस्टेस संगीता केसी र अनिशा प्रजापति रहेको निगमले जनाएको छ।

यसअघि नेपाल वायुसेवा निगमको विमानबाट यही फागुन ११ मा पहिलो पटक पाइलट भावना गिरी पन्त र को-पाइलट सिर्जना रावत, दुई महिला पाइलटले ककपिट सम्हालेर काठमाडौं दुवई सरक्षित उडान गरेर निगमकै इतिहासमा दुई महिला पाइलटहरूले अन्तर्राष्ट्रिय उडान गरिसकेका थिए।

हाल निगममा कुल ९ जना महिला पाइलट रहेकामा १ जना ए ३३०, ४ जना ए ३२० र ४ जना आन्तरिक उडानका विमानमा कार्यरत रहेका छन्। यसैगरी निगममा कार्यरत १४५ क्याविन क्रुमध्ये ९६ जना महिला क्याविन क्रु रहेका निगमले जनाएको छ।

प्रकाशित: २६ फाल्गुन २०७९ ०३:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App