सिजी होल्डिङ्स अन्तर्गतको अल्को-वेभ डिभिजन हिमालयन व्रुअरीले प्रिमियम बियर ‘हिमालयन’ नेपाली बजारमा ल्याएको छ। होलीलाई लक्षित गरी बियर बजारमा ल्याएको कम्पनीले जनाएको छ।
गोदावरीको मुहानको पानीलाई प्रशोधन गरी (स्प्रिङ वाटर) उत्पादन भएको बियर हो। चुनिएको उत्कृष्ट युरोपेली हप्स र टु-रो माल्टबाट बनेको यो बियरको स्वाद अरू बियर भन्दा नयाँ र रिफ्रेसिङ भएको कम्पनीको दाबी छ।
‘फर द वन हु डेयरस्’ नारामा लन्च भएको सो बियरमा ६ प्रतिशत अल्कोहल रहेको कम्पनीले जनाएको छ। यो बियरको प्रिमियम फिचर र स्वादलाई युवा पुस्ताले मन पराउने विश्वास कम्पनीले लिएको छ। हिमालयन बियर ३३० एमएल र ६५० एमएल बोतलमा उपलब्ध छ।
६५० एमएलको बोतलको मूल्य ३ सय १० रूपैयाँ र ३३० एमएलको बोतलको मूल्य १ सय ६५ रूपैयाँ कायम गरेको कम्पनीले जनाएको छ। हिमालयन व्रुअरीले नेपाली बजारमा आइसबर्ग, निन्जा, काठमाडौं लगायतका ब्रान्डहरू उत्पादन गर्दै आएको छ।
प्रकाशित: २२ फाल्गुन २०७९ ०२:३८ सोमबार