२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

गोदावरी पुष्प मेलामा ३८ लाखबढीको कारोबार (फाेटाेहरू)

काठमाडौं– फ्लोरिकल्चर एसोशिएसन नेपालको आयोजना तथा नेपाल सरकार कृषि विकास मन्त्रालयको सहयोगमा कात्तिक १० गतेबाट आयोजना भएको गोदावरी पुष्प मेला ३८ लाखको कारोबार गर्दै सकिएको छ।

ललितपुरको जावलाखेल खेल मैदानमा ४ दिनसम्म चलेको १० औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा ३६ हजारभन्दा बढी अवलोकनकर्ताले मेला अवलोकन गरेको र ३८ लाख बढीको कारोबार भएको फ्लोरिकल्चर एशोसिएसन नेपालका उपाध्यक्ष तथा मेला संयोजक रामजीप्रसाद तिमिल्सेनाले जानकारी दिँदै अपेक्षा गरेकोभन्दा बढी कारोबार भएको बताए।

गत वर्षहरुमा भन्दा यो मेलामा कारोबार उच्च भएको बताउँदै मुस्कान नर्सरीका संचालक तथा फ्यान सदस्य महेन्द्र सुवेदीले सोचेभन्दा राम्रो कारोबार गरेको बताए। उनले गोदावरी, घरभित्र राखिने बिरुवा र फलफूलका बिरुवाको कारोबार धेरै भएको बताए।

फ्लोरिकल्चर एसोशिएसन नेपालले हरेक वर्ष गर्ने गोदावरी मेलामा कारोबार र अवलोकनकर्ताहरुको बृद्धि भइरहेकोले पनि फूलमा जनमानसको चासो तथा आकर्षण बढ्दै गइरहेको अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए।

दीपावली तथा छठ पर्व लक्षित गोदावरी मेलामा प्रतिश्पर्धात्मक, सूचनामूलक तथा व्यवसायिक स्टल गरी ४२ वटा स्टल रहेका थिए।

मेलामा सहभागी व्यवसायीवीच इन्कर्भ, रिफ्लेक्स, स्पाइडर, मिनियचर र गोदावरीको कटफ्लावर विधामा प्रतिश्पर्धा गराइ बिजयी हुनेलाई नगद, शील्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि भन्ने मुल नाराका साथ मेला आयोजना गरिएको थियो।

आर्थिक वर्ष २०७२÷७३ मा १ अर्ब ३४ करोडको कारोबार गर्न सफल पुष्प व्यव्सायले ४१ हजार भन्दा बढीलाई रोजगारी प्रदान गरिरहेको र ३९ जिल्लामा यसको कारोबार भइरहेको एशोसिएशनले जनाएको छ।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App