१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

स्कुटरको सर्भिस क्याम्पमा उत्साहजनक सहभागिता

दुगड ब्रदर्स एण्ड सन्स् प्रालिले आयोजना गरेको भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा नेपाल ल्युब आयलले उत्साहजनक सहभागिता जनाएको छ।

उक्त सर्भिस क्याम्प माघ ८ देखि फागुन ३ गतेसम्म काठमाडौं उपत्यकाभरिका ६ स्थानमा रहेको भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस स्टेसनमा सम्पन्न भएको थियो। दुगड ब्रदर्स एण्ड सन्स् प्रालिद्वारा भेस्पा र अप्रिलिया स्कुटरका ग्राहकलाई लक्षित क्याम्पमा निःशुल्क सर्भिसिङ र इन्जिन आयल चेन्ज गर्ने सुविधा प्रदान गरेको थियो।

सो क्याम्पमा सहभागी १८ सयभन्दा धेरै ग्राहकमध्ये ६ ग्राहकलाई नेपाल ल्युवको तर्फबाट उपहार प्रदान गरिएको थियो।

प्रकाशित: १० फाल्गुन २०७९ ०१:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App