७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

विस्तार हुँदै चैते धानखेती

जिल्लामा चैते धान लगाउने क्षेत्रफल विस्तार भएको छ। कृषि ज्ञानकेन्द्र भरतपुरका अनुसार गत आर्थिक वर्षको तुनामा यस वर्ष चैते धान लगाउने क्षेत्रफल विस्तार हो। कार्यालयका अनुसार गत आर्थिक वर्षमा सात हजार पाँच सय ७३ हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएकोमा यस वर्ष सात हजार आठ सय हेक्टर पुगेको हो।

कार्यालयका सूचना अधिकारी मीनबहादुर पुनका अनुसार जिल्लाको भरतपुर महानगरपालिकाका केही क्षेत्र, खैरहनी र माडी नगरपालिकामा चैते धान खेती हुँदै आएको छ। भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकामा ६ हजार चार सय हेक्टर क्षेत्रफल र माडी नगरपालिकामा एक हजार चार सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। जिल्लामा हर्दिनाथ हाइब्रिड १ र चैते ५ उन्नत जातको धान खेती गरिंदै आएको छ।

हर्दिनाथ हाइब्रिड जिल्लाको २५ प्रतिशत क्षेत्रमा लगाइने गरेको उनले बताए। चैते धानमा सरकारको सहयोग हुनु र पर्याप्त सिंचाइका कारण क्षेत्रफल बढेको उनले बताए।

ज्ञान केन्द्रले चैते धान प्रवद्र्धन कार्यक्रमअन्तर्गत दुई सय ५० हेक्टर क्षेत्रफलमा खेती गरिएको छ। उनले भने,‘चैते धान प्रवर्द्धनका लागि राज्यको सहयोग हुनुले यसको क्षेत्रफल बढेको हो। रासस

प्रकाशित: ४ फाल्गुन २०७९ ०७:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App