४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

प्रेसिडेन्ट ट्राभल एण्ड टुर्समार्फत हर्ट्जको सेवा नेपालमा

हर्ट्जले नेपालमा पनि सेवा विस्तार गर्ने तयारी गरेको छ। यसका लागि कम्पनीले प्रेसिडेन्ट ट्राभल एण्ड टुर्स लिमिटेडलाई आधिकारिक प्रतिनिधि नियुक्त गरेको छ।

यो सहकार्यपछि प्रेसिडेन्ट ट्राभल एण्ड टुर्सले मलेशियन एयरलाइन्स, रेल युरोप, र सीडब्लूटीसँग सहकार्य गरेको छ भने यसले हर्ट्ज, थ्री फिफ्टी, डलर र एस लगायतका ब्राण्डहरूसँग काम गर्ने जनाइएको छ।  

साझेदारी पछि हर्ट्ज अब प्रेसिडेन्ट ट्राभल एण्ड टुर्सले प्रदान गर्दै आएको सुविधा नेपालीहरूको पहुँचमा हुने जनाइएको छ। यो सुविधा अनुसार अब नेपालीहरूले भ्रमण गर्दा गाडी भाडामा लिएर सुविधा प्रयोग गर्न सक्ने छन्।  

हर्ट्जका एसिया प्रशान्त उपाध्यक्ष इयोन म्याकनिलले अन्तर्राष्ट्रिय हवाई यातायात संघको मान्यता प्राप्त प्रेसिडेन्ट ट्राभल एण्ड टुर्ससँगको सहकार्यले यस क्षेत्रमा भरपर्दो सेवा र व्यवसाय विस्तारमा सहयोग पुग्ने बताएका छन्।

यसैगरी प्रेसिडेन्ट ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक भोलाविक्रम थापाले यो साझेदारीले नयाँ अवसर प्रदान गरेको र यसलाई कार्यान्वयन गर्न आफूहरू तयार रहेको उल्लेख गर्दै उत्कृष्ट सेवा प्रदान गर्न तथा हर्ट्जसँग सफल साझेदारीको निर्माण गर्न कटिबद्ध भएको बताएका छन्। उनले नेपाली बजारमा हर्ट्जको सेवा उपलब्ध हुँदा यात्रुहरूले सुविधा त पाउने नै छन् साथै छनोटको विकल्प पनि खुला रहने दाबी गरेका छन्।

प्रकाशित: ४ फाल्गुन २०७९ ००:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App