२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेप्से परिसूचक लगातार आरोलोतर्फ

साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर राताम्मे भएको छ । बुधबार १३.९० अंकले नेप्सेपरिसूचक घटेर २०९१.५६ बिन्दुमा झरेको छ। बुधबारको सेयर कारोबार भने निकै उतारचढाव रह्यो। सुरुकै चरणमा २११७.७६ बिन्दुमा पुगेको नेप्से परिसूचक कारोबार बन्द हुने बेला २०९१.५६ बिन्दुमा झरेको थियो। बुधबार ४८ लाख १५ हजार १२० कित्ता सेयर किनबेच हुँदा एक अर्ब ७३ करोड २५ लाख ७५ हजार २ सय २ रूपैयाँको कारोबार भएको छ। बुधबार ३७ कम्पनीको सेयर बढ्यो भने १७६ कम्पनीको सेयर घटेको छ। ३ कम्पनीको सेयर स्थिर रह्यो।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेका तीनवटै सूचक बुधबार घटेर राताम्य भएका थिए। सेन्सेटिभ सूचक १.५५ अंक, फ्लोट सूचक १.०७ अंक र सेन्सेटिभ फ्लोट सूचक०.७६ अंकले घटेका छन्। १३ वटा उपसूचकमध्ये उत्पादन तथा प्रशोधनबाहेक अन्य १२ वटै उपसूचक घटेका थिए। उत्पादन तथा प्रशोधनतर्फको उपसूचक ४८. ५३ अंकले बढेको छ। सबैभन्दा घट्ने उपसूचकमा जीवन बीमा परेको छ। सो उपसूचक ११६.३९ अंकले घट्यो। निर्जीवन बिमातर्फ ७२.११ अंक, होटल तथा पर्यटनतर्फको उपसूचक ४०.८१ अंक र माइक्रो फाइनान्सतर्फको उपसूचक ३०.४७ अंकले घटेको छ। बुधबार सबैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा युनिलिभर नेपाल कम्पनी रह्यो।

सो कम्पनीको सेयर ८.५४ प्रतिशतले वृद्धि भएको छ। त्यसैगरी बाराही हाइड्रोपावर कम्पनीको सेयर ७.५० प्रतिशत, कर्पोरेट विकास बैंकको सेयर भने ४.१७ प्रतिशतले वृद्धि भएको छ। बुधबार सबैभन्दा धेरै सेयर घट्ने कम्पनीमा गरिमा डिबेञ्चर कम्पनी रह्यो। सो कम्पनीको सेयर ९.९७ प्रतिशतले घटेको छ। त्यसैगरी विजय लघुवित्त कम्पनीको सेयर ४.७६ प्रतिशत, माहुली लघुवित्त कम्पनीको सेयर ४.४८ प्रतिशतले घटेको छ।

साताको दोस्रो कारोबार दिन मंगलबार नेप्सेपरिसूचक १६.४० अंकले घटेर २१०५.४६ बिन्दुमा झरेको थियो। सो दिन ४६ लाख ८५ हजार ८ सय ९ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ७८ करोड ७० लाख १६ हजार ३ सय ७२ रूपैयाँको सेयर कारोबार भएको थियो। साताको पहिलो कारोबार दिन आइतबार नेप्सेपरिसूचक ६०.७७ अंकले घटेर २१२१.८६ बिन्दुमा झरेको थियो। सो दिन ८१ लाख ३९ हजार ८ सय ४० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४ करोड ७७ लाख ३९ हजार ८ सय १२ रूपैयाँको सेयर कारोबार थियो।

प्रकाशित: ४ फाल्गुन २०७९ ००:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App