२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

दुई सय रुपैयाँले घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारकाे तुलनामा प्रतितोला दुई सय रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला एक लाख तीन हजार आठ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख तीन हजार छ सय रुपैयाँ तोकिएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार एक सय छ। यसको मूल्य अघिल्लो दिन रु एक लाख तीन हजार तीन सय थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार दुई सय ९० तोकिएको महासङ्घले जनाएको छ। महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

प्रकाशित: ३ फाल्गुन २०७९ ०५:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App