२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

भारतसँग कूटनीतिक पहल नगरी भैरहवामा अन्तर्राष्ट्रिय उडान गर्न सकिन्न: महानिर्देशक अधिकारी

‘उडानका लागि रुट मात्रै बाधक होइन’

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भारतसँगको कूटनीतिक पहल बिना भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न नसकिने बताएका छन्। 

आईतवार सिंहदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले यस्तो भनेका हुन। ‘हामीले भारत र चीन दुवै देशको चाहना छ भने न हामीले विमानस्थलमा उडान पाउने हो। यसलाई त कुटनीतिक पहल गर्नुपर्छ’, महानिर्देशक अधिकारीले भने।

उनले भैरहवा र पोखरा विमानस्थलबाट अहिले नै लाभ खोज्ने बेला नभइसकेको भन्दै विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बढाउन भारतसँग सरकारले वार्ता गर्न आवश्यक रहेको बताए।

बैठकमा सांसदहरुले रुटका कारणले विमानस्थल सञ्चालनमा नआएको भन्ने जिज्ञासाको जवाफ दिँदै विमानस्थलमा अन्तर्राष्ट्रिय उडान कम हुनुमा रुटमात्रै बाधक नरहेको अधिकारीले बताए। ‘रुटको कारणले मात्रै विमानस्थल नचलेको भन्ने होइन’, उनले भने।

अधिकारीले विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न अहिलेको प्रचार÷प्रसार पर्याप्त नभएको बताए। उनले विमानस्थलको बारेमा छिमेकी देशहरुमा उडान माग्ने र प्रचारप्रसारको कामलाई पनि तिब्र बनाउँदै लगे विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने बताए।

अधिकारीले भैरहवा विमानस्थल चलायमान बनाउन विमानस्थलकेन्द्रित गतिविधि बढाउनुपर्नेमा जोड दिए। उनले भने, ‘भैरहवा र पोखराको विमानस्थलको कुरा छ। तत्काल हामीले बेनिफिट खोजेर हुँदैन। त्रिभुवन विमानस्थलमा जति लगानी गरेका छौँ, त्यहाँ त्यति लगानी कहाँ भएको छ र? त्रिभूवन विमानस्थल सञ्चालनमा आएको ७५ वर्ष भइसक्यो आज पनि पूर्ण क्षमतामा छैन। त्यसैले यसलाई केही समय अझै धैर्य गर्नुपर्छ। सबै मिलेर यसको प्रचारप्रसार गर्नुपर्छ। पोलिसी निर्माण गरेर भैरहवाकेन्द्रित गतिविधि निर्माण गराउनुपर्छ।’

प्रकाशित: २९ माघ २०७९ १०:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App