४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सुनको मूल्य घट्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला पाँच सय रुपैयाँले घटेको छ।  

अघिल्लो दिन प्रतितोला एक लाख छ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख पाँच हजार आठ सय रुपैयाँ तोकिएको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार तीन सय रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन एक लाख पाँच हजार आठ सय रुपैयाँ थियो।  

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ६५ रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ।  

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

प्रकाशित: १७ माघ २०७९ ०५:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App