८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

हिमालयन बैंकको निःशुल्क आँखा परीक्षण शिविर

हिमालयन बैंकले निःशुल्क आँखा परीक्षण शिविर र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले बैंकको ३० औं वार्षिकोत्सवको अवसरमा सो सामाजिक कार्य गरेको हो।  

नेत्रधाम फाउण्डेसनको सहकार्यमा माछापुछ्रे  गाउँपालिका–०१ स्थित माछापुछ्रे  स्वास्थ्य चौकी, टुसे, कास्कीमा निःशुल्क आँखा परीक्षण शिविर र बैंकको कर्मचारी संगठनको समन्वयमा केन्द्रीय कार्यालय कमलादीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ।  

डा. सन्यम बजिमय र टोलीको नेतृत्व, नेत्रधाम फाउण्डेसनको सहकार्य तथा हिमालयन बैंकको आर्थिक सहयोगमा आँखा परीक्षण शिविर सम्पन्न भएको हो। तीन दिने शिविरमा माछापुछ्रे गाउँपालिकाका जम्मा ३९० जनाले निःशुल्क आँखा परीक्षण गराएको तथा २६ ले निःशुल्क मोतीबिन्दु र जलबिन्दुको शल्यक्रिया गराएको बैंकले जानकारी दिएको छ। यसै गरी रक्तदान कार्यक्रममा १०० जनाले रक्तदान गरेको बैंकले जनाएको छ।  

प्रकाशित: १३ माघ २०७९ ०१:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App