२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

इन्फिनिटी लघुवित्तको छैठौं वार्षिकी सम्पन्न

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको छैठौं स्थापना दिवस सम्पन्न भएको छ।

छैठौं वार्षिक उत्सवको अवसरमा संस्थाले वित्तीय जनचेतनासहित प्रभात फेरि कार्यक्रम गरेको थियो। यस्तै संस्थाको तर्फबाट गैंडाकोट नगरपालिका, वडा कार्यालय र इलाका प्रहरी कार्यालयलाई फोहोर व्यवस्थापनको लागि डस्टविन वितरण वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीणकुमार लामाले गरेका थिए।

वित्तीय संस्थाले हालसम्म विपन्न वर्गका सदस्यहरूलाई सहज रूपमा डिजिटल लघु बैकिङ सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ। हालसम्म संस्थाले ९७ हजार ६ सय ९७ सदस्यहरूलाई सेवा दिई विभिन्न उद्देश्यमा ४७ हजार ८ सय १२ ग्राहकहरूमा बाँकी कर्जा ५ अर्ब १६ करोड रूपैयाँ रहेको तथा ग्राहक सदस्यहरूको बचत रकम १ अरब ४७ करोड रूपैयाँ रहेको जनाएको छ।

प्रकाशित: ९ माघ २०७९ ०३:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App