२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

स्वावलम्बन लघुवित्तको २२ औं वार्षिकोत्सव सम्पन्न

स्वावलम्बन लघुवित्त वित्तीयको २२ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न समारोहको सभापतित्व सञ्चालक समितिका अध्यक्ष डा. सुमित्रा मानन्धर गुरुङले गरेका थिए।

वित्तीय संस्थाले प्रत्येक वर्ष माघको पहिलो साता देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउदै आएको र यस पटक पनि विभिन्न स्थानमा वित्तीय साक्षरता, स्वास्थ्य शिविर, समुदाय विकास, वातावरण संरक्षण तथा अन्य सामाजिक कार्य गरी वार्षिकोत्सब समारोहको आयोजना गरेको हो।

समारोहको प्रमुख अतिथि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चौधरीले लघुवित्तले सदस्य तथा विपन्न परिवारको आर्थिक सामाजिक अवस्थालाई सुधार गरेका प्रशस्त उदाहरण हुँदाहुँदै पनि हाल लघुवित्त सम्बन्धमा देखिएका गैरकानुनी र नीति विपरीतका गरिविधिले समस्याको समाधान नहुने र सदस्यलाई अझै अप्ठ्यारोमा पारेको उनले बताएका छन्।

समारोहमा सांसद तथा लघुवित्त अभियन्ता लिलानाथ श्रेष्ठले गरिबी न्यूनीकरणमा लघुवित्तको प्रभावकारी भूमिका रहेको बताएका छन्।

नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि सिवाकोटीले लघुवित्तले मुलुकको गरिबी निवारणमा पुर्याएको योगदानलाई नजरअन्दाज गर्न नमिल्ने र महिला सशक्तिकरण गर्न उत्कृष्ट प्ल्याटफर्म पनि लघुवित्तले नै उपलब्ध गराएको बताए।

प्रकाशित: ८ माघ २०७९ ०२:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App