२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कुमारी बैंकको विस्तारित काउन्टर थपियो

कुमारी बैंकको लालबन्दी, जलेश्वर, गौशाला, पोखरीया, कर्मैयाशाखा र बोजे पोखरीमा विस्तारित काउन्टर सञ्चालनमा आएको छ।

बैंकले आफ्ना शाखा सञ्जाल र बिस्तारित काउन्टर बिस्तार गर्ने क्रममा मधेश प्रदेशस्थित लालबन्दी- ७, जलेश्वर-२, गौशाला-५, पोखरीया-४, कर्मैया-११ मा रहेका शाखाहरू र बागमती प्रदेशस्थित ललितपुर-३ मा रहेको बोजे पोखरी विस्तारित काउन्टर यही माघ ४ गतेबाट सञ्चालनमा ल्याएको हो।

बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रूपमा बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले उक्त शाखाहरू र बिस्तारित काउन्टर सुरु गरेको जनाएको छ। बैंकले आगामी दिनमा थप शाखा बिस्तार गरेर आधुनिक बैंकिङ सेवा पुर्‍याउने योजना रहेको बताएको छ।

प्रकाशित: ५ माघ २०७९ ०२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App