२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

डिजिटल बैंकिङमा सिटिजन्सको थप सुविधा

सिटिजन्स बैंकले सिटिजन्स स्मार्ट एपबाट सिधै मुद्दती निक्षेप खाता खोल्ने नयाँ सुविधा ल्याएको छ। बैंकले ग्राहकको अनुभव अभिवृद्धि गर्न र भौतिक रूपमा शाखामा जाँदा हुने झन्झट कम गर्न डिजिटल बैंकिङ सेवा ल्याएको हो।

यस सुविधाअन्तर्गत ग्राहकले विभिन्न मुद्दती निक्षेप योजनाहरू, अवधि र इच्छित रकम चयन गर्न सक्ने तथा फिक्स्ड डिपोजिट रकमको न्युनतम १० हजार र अधिकतम रकम ५ लाख रूपैयाँसम्म डिजिटल एपमा सेट गरेको जनाएको छ।

त्यसैगरी, सिटिजन्स स्मार्ट एपबाट मुद्दती निक्षेप अनुरोध सुविधा पनि ल्याइएको छ। जसमा मुद्दती निक्षेप खाता भएका ग्राहकले मुद्दती निक्षेप रकमको ९० प्रतिशतसम्म मुद्दती निक्षेप खातामा ऋणको लागि अनुरोध गर्न सक्नेछन्।

यसबाहेक शाखामा आउने ग्राहकको अमूल्य समयलाई कम गर्न बैंकको कर्पोरेट कार्यालयमा रहेको किओस्क सेल्फ(सर्भिस प्रणालीबाट मुद्दती निक्षेप खोल्ने सुविधा पनि ल्याइएको बैंकले जनाएको छ।

साथै सिटिजन्स बैंकले सिटिजन्स स्मार्ट एपमार्फत बैंकका सबै शाखाबाट डिजिटल काउन्टर मार्फत नगद झिक्ने, बैंकका सबै एटिएमबाट कार्डलेस सर्भिस, ई–नगद र इ–भाउचर जस्ता सुविधा उपलब्ध गराउँदै आएको छ।

त्यस्तै, डेबिट कार्ड रिक्वेस्ट, ब्लक, रिफ्रेस पिन, रि–पिन, मेरो सेयर रिक्वेस्ट र क्युआर मर्चेन्ट रिक्वेस्ट जस्ता ग्राहक सेवासँग सम्बन्धित सेवाहरू पनि उपलब्ध गराउँदै आएको बैकले जानकारी दिएको छ।

प्रकाशित: १ माघ २०७९ ०२:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App