५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

आर्थिक समस्या समाधानका लागि सामूहिक पहल जरुरी

फाइल तस्बिर।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा विश्वव्यापीरूपमा देखा परेको समस्या समाधान गर्न सामूहिक पहल गर्नु जरुरी रहेको बताएका छन्। भ्वाइस अफ साउथ समिट अन्तर्गत अर्थमन्त्रीहरूको सत्रलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले कोभिड १९ महामारीपछि विश्वव्यापी रूपमा आर्थिक मन्दीको संकेत देखिएको र त्यससँग जुध्न सामूहिक पहल गर्ने यो उपयुक्त समय भएको बताए।

‘नेपाल सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने बाटोमा छ। हामी समृद्ध नेपाल, सुखी नेपालीको अजेण्डालाई अगाडि बढाउन केन्द्रित छौं,’ उनले भने। मन्त्री पौडेलले आर्थिक रूपान्तरणका लागि नेपालले पूर्वाधार, शिक्षा, स्वास्थ्य सेवा र सामाजिक सुरक्षा जस्ता क्षेत्रहरूलाई प्राथमिकता दिएको र दिगो विकास लक्ष्य हासिल गर्न सन् २०१६ देखि २०३० सम्मको अवधिमा वार्षिक रु. ५८५ अर्ब वित्तीय अभाव भएको बताए। ‘सन् २०१९ लाई आधार वर्ष मान्दा यो कुल गार्हस्थ्य उत्पादनको १२.८ प्रतिशत हुन्छ। यो कोभिड १९ महामारी पूर्वको अनुमान भएकाले हाल यो वित्तीय अभाव बढ्न सक्छ,’ उनले भने ‘वित्तीय अभावलाई सम्बोधन गर्न हामीले उपयोगी उपकरणका रूपमा वित्तीय स्रोतका विभिन्न स्वरूपको सम्मिश्रण गर्नुपर्दछ।’ 

प्रकाशित: २९ पुस २०७९ ०२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App