१६ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरको लागि सम्झौता

लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरको लागि प्रारम्भिक सम्झौता भएको छ।

लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले उक्त सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन्। यससँगै मर्जर प्रक्रिया अगाडि बढाउन एक संयुक्त मर्जर समितिको गठन समेत गरिएको छ। संयुक्त मर्जर समितिमा लक्ष्मी बैंकका तर्फबाट सञ्चालकहरू डा. मनिष थापा र स्वति रुङ्गटा तथा सनराइज बैंकको तर्फबाट सञ्चालकहरू शारदा शर्मा र दिपक नेपाल रहेका छन्। दुवै बैंकको विस्तृत ड्यु डिलिजेन्स अडिटका लागि लेखापरीक्षकको नियुक्ति पनि गरिने जनाएको छ।

नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएपछि औपचारिक रूपमा मर्जर प्रक्रिया सुरु हुनेछ। मर्जर प्रक्रिया यसै आर्थिक वर्षभित्र सम्पन्न हुने अपेक्षा गरिएको बैंकले जनाएको छ।

प्रकाशित: २६ पुस २०७९ ०५:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App