२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

ढकाल चन्द्रागिरि हिल्सको अध्यक्षमा

चन्द्रागिरि हिल्सको सञ्चालक समितिको बैठकले सञ्चालक सदस्य हेमराज ढकाललाई अध्यक्षमा चयन गरेको छ। नवनिर्वाचित अध्यक्ष ढकाल चन्द्रागिरि हिल्सका संस्थापक अध्यक्ष समेत रहिसकेका छन्।

लामो समयको मलेसिया बसाइका क्रममा त्यहाँ निर्माण भएको ग्यान्टिङ हाइल्यान्ड परियोजनाबाट प्रभावित भई अध्यक्ष ढकालले सन् २००९ देखि नै एकीकृत पर्यटकीय पूर्वाधारको रूपमा चन्द्रागिरि हिल्सको परिकल्पना गरेका बताएका छन्।

यस्तै कम्पनीको १३ औं वार्षिक साधारणसभामा संस्थापक शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक सदस्यमा क्रमशः हेमराज ढकाल, उत्तम कुमार नेपाल, कल्याण गुरुङ, तथा दिलिपशेखर श्रेष्ठ निर्विरोध निर्वाचित भएको जनाएको छ।

चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल, साहसिक खेल तथा पाँचतारे लक्जरी रिसोर्टलगायतका पूर्वाधार निर्माण गरेर एकीकृत पर्यटकीय गन्तव्यको रूपमा विकास गरिरहेको जनाएको छ।

प्रकाशित: २४ पुस २०७९ ०४:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App