२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

साताको अन्तिम दिन पाँच अर्बमाथिको सेयर कारोबार

साताको पाँचौ दिन बिहीबार ५ अर्ब रूपैयाँमाथिको सेयर कारोबार भएको छ। नेप्से परिसूचक १८.०९ अंकले वृद्धि भएर २१४३.९३ बिन्दुमा पुगेको छ।

बिहीबार रकमको आधारमा सबैभन्दा धेरै कारोबार भएको छ। बिहीबार १ करोड २५ लाख ८१ हजार ९ सय ८२ सेयर किनबेच हुँदा पाँच अर्ब ४ करोड ७ लाख ४० हजार ९ सय ३७ रूपैयाँको सेयर कारोबार भएको छ।

साताको अन्तिम दिन बिहीबार नेप्सेपरिसूचक निकै उतारचढावपूर्ण देखिन्थ्यो। बिहीबार दिनभरजसो सेयरबजार २११४.०१ अंकमा झरेको थियो। सेयर कारोबार बन्द हुने बेलामा भने २१४३.९३ बिन्दु आएर बन्द भयो। १४७ कम्पनीको सेयर बढ्यो भने ६२ कम्पनीको सेयर घटेको छ। ४ कम्पनीको सेयर स्थिर रह्यो। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेका बिहीबार तीनवटै सूचक बढेका छन्।

सेन्सेटिभ सूचक २.५१ अंक, फ्लोट परिसूचक १.२४ अंक र सेन्सेटिभ फ्लोट १.०८ अंकले बढेको छ। नेप्सेका १३ वटै उपसूचकमध्ये बिहीबार ११ उपसूचक बढे भने दुई उपसूचक घटेका छन्। घट्ने उपसूचकहरूमा बैकिङतर्फको ४.७४ अंक र अन्यतर्फको १३.७४ अंकले घटेका छन्। बढ्ने उपसूचकहरूमा भने होटल तथा पर्यटनतर्फ १७८.२३ अंक, उत्पादन तथा प्रशोधनतर्फ १६४.११ अंक, निर्जीवनबीमातर्फ १३०.३३ अंक र माइक्रोफाइनान्सतर्फ ६४.४४ अंकले वृद्धि भएको छ।

एक्सचेन्जका अनुसार यो साताभरिमा ११४.६४ नेप्सेपरिसूचक समग्रमा अकंले वृद्धि भएको छ। बिहीबार पाँच वटा कम्पनीको सेयर १० प्रतिशतको दरले बढेका छन्। बढ्ने कम्पनीहरूमा चन्द्रागिरी हिल्स कम्पनी, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी, धौलागिरी लघुवित्त कम्पनी, खप्तड लघुवित्त कम्पनी र सिर्जनशील लघुवित्त कम्पनी रहेका छन्। घट्ने कम्पनीहरूमा सिटिजन्स म्युचुअल फण्डको सेयर ३.०३ प्रतिशत, मनकामना स्मार्ट लघुवित्त कम्पनीको सेयर पनि २.८८ प्रतिशतले घटेको छ।

साताको चौथो दिन बुधबार नेप्सेपरिसूचक ६४.७८ अंकले वृद्धि भएर २१२५.८४ विन्दुमा पुगेको थियो। सो दिन ८७ लाख ३३ लाख ५ सय ४२ कित्तासेयर किनबेच हुँदा तीन अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रूपैयाँको सेयर कारोबार भएको छ। बुधबारको तुलनामा बिहीबार कारोबार रकमको आधारमा १ अर्ब ५४ करोड रूपैयाँ बढीको कारोबार भएको छ।

यो साताको पहिलो दिन आइतबार नेप्सेपरिसूचक १७.२४ अंकले वृद्धि भएर २०४६.२६ बिन्दुमा पुगेको थियो। सो दिन १ करोड ८ लाख ८० हजार ९ सय ४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार ५ सय १० रूपैयाँको सेयर कारोबार भएको थियो। साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १७.५६ अंकले वृद्धि भएर २०६३.८३ बिन्दुमा पुगेको थियो। सो दिन ८२ लाख ७१ हजार ३ सय ५५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९६ करोड ९ लाख २७ हजार ४ सय ४० रूपैयाँको सेयर कारोबार भएको छ।

प्रकाशित: २२ पुस २०७९ ०२:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App