१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

विद्युत् लाइन काटिएको बारेमा क्यान महासंघको ध्यानाकर्षण

पछिल्ला केही दिनमा देशका विभिन्न ठाउँमा इन्टरनेट सेवाप्रदायकको विद्युत् लाइन काटिएको सन्दर्भमा कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

इन्टरनेट अहिले राज्यको अत्यावश्यक सेवा र मानवअधिकारको रूपमा स्थापित भइसकेको सन्दर्भमा जुनसुकै बहानामा सेवा बन्द हुनु वा बन्द गराउनु गम्भीर विषय भएको क्यानले बताएको छ।

यसबाट सामान्य नागरिकदेखि सार्वजनिक संघसंस्था, उद्योग व्यवसाय तथा सरकार समेतलाई प्रत्यक्ष असर पुग्ने भएकाले सम्बन्धित निकायहरूले यो जटिल परिस्थितिलाई समयमै नियन्त्रण र व्यवस्थापन गर्ने जिम्मेवारी लिनुपर्ने क्यानको धरणा रहेको छ।

यसै क्रममा नेपाल विद्युत् प्राधिकरणको पोलभाडा सम्बन्धमा देखिएको विवाद समाधानका लागि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) लगायतका सरोकारवालाबीच तत्काल साझा समझदारी बनाउन क्यान महासंघले अनुरोध गरेको छ।  

प्रकाशित: २२ पुस २०७९ ०२:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App