७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

आशा लघुवित्तद्वारा निःशुल्क सिपमूलक तालिम

आशा लघुवित्त संस्थाले निःशुल्क सिपमूलक तालिम सम्पन्न गरेको छ। संस्थाको मधेश, बागमती, गण्डकी तथा लुम्विनी प्रदेश अन्तर्गतका २१ शाखा कार्यालयहरूमा २ दिने सिपमूलक तालिम सञ्चालन भएको हो।

यस्तै संंस्थाले शाखा कार्यालयहरूमा आबद्ध सदस्यहरू मध्ये १,०८५ जना महिला सदस्यलाई लुगा धुने सर्फ, झोल साबुन, अचार, स्याम्पु, ह्यान्डवास, टीका बिन्दी, चुरा गहना, कुसन तथा भाँडा माझ्ने साबुन बनाउने तालिम निःशुल्क प्रदान गरेको जनाएको छ। तालिमबाट सहभागीहरूले कम लागतमा विभिन्न सामान उत्पादन र बजारीकरण गर्ने तरिका लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए।

हालसम्म यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरू मार्फत झण्डै ३,७८५ विपन्न महिलाहरूलाई यस प्रकारका सीपमूलक तालिम निःशुल्क प्रदान गरिसकेको जनाएको छ। संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले यस्ता सिपमूलक तालिम सञ्चालन गरी सदस्यहरूको सिप अभिवृद्धि गर्दै उनीहरूलाई आत्मनिर्भरतातर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहेको बताए।

साथै उनले यस कार्यक्रम पश्चात् सदस्यहरूको लघु व्यवसायमा वृद्धि भई उक्त क्षेत्रका विपन्न महिलाहरूको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: २२ पुस २०७९ ०२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App